नेकपा बागमती प्रदेशले अमेरिकी साम्राज्यवादी हस्तक्षेपबिरुद्ध जनसंघर्ष चर्काउने

२०८१ श्रावण ३० गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी बागमती प्रदेशले अमेरिकी साम्राज्यवादी हस्तक्षेप , दलाल पुँजीवाद , भ्रष्टाचार , कमिशन , कालोबजारीबिरुद्ध जनसंघर्ष चर्काउने निर्णय गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एबम् बागमती प्रदेश प्रदेश ईन्चार्ज प्रकाण्ड सीको अध्यक्षतामा यहि साउन २६ र २७ गते बसेको बागमती प्रदेशको प्रथम सचिवालय बैठकले उक्त निर्णय गरेको हो । उक्त बैठकलाई सम्बोधन गर्दै प्रवक्ता एबम् बागमती प्रदेश प्रदेश ईन्चार्ज प्रकाण्ड सीले नेपाल कम्युनिस्ट पार्टीको पाँचौ केन्द्रिय समिति र हालै सम्पन्न स्थायी समितिको बैठकका निर्णयहरुको मर्म पक्रन र सृजनात्मक ढंगले पार्टीको नीति लागू गर्नु बागमती प्रदेशको बिशेष दायित्व रहेको बताउदै सोहि बमोजिम अगाडि बढ्न बैठकमा सहभागी नेताहरुलाई निर्देशन दिए ।


नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एबम् बागमती प्रदेश प्रदेश ईन्चार्ज प्रकाण्ड सीको अध्यक्षतामा बसेको उक्त बैठकले पार्टीको आन्तरिक पंक्तिलाई देशको परिस्थिति , पार्टीको नीति र योजनाबारे स्पष्टता ल्याउने र साम्राज्यवादको हस्तक्षेपबारे जनतालाई चेतनशील बनाउने कार्यक्रम सन्चालन गर्ने निर्णय गरेको बताइएको छ।
यसैगरी, उक्त बैठकले संगठन सुदृढीकरण र बिस्तार गर्ने , नयाँ कार्यकर्ता भर्ति गर्ने र ध्रुविकरण कार्यलाई प्राथमिकता दिएर कार्य गर्ने , पार्टीको उत्पादन अभियानलाई व्यवस्थित बनाउने , हिउँदे उत्पादनको तयारी गर्ने र पार्टीको प्रचार मोर्चालाई व्यवस्थित , एकीकृत र प्रवाभकारी बनाउने निर्णय गरेको बताइएको छ।


यसैगरी, उक्त बैठकले जनतासंग प्रत्यक्ष सरोकार राख्ने कार्यमा जोडिएर जनसेवालाई अगाडि बढाउदै जनसम्बन्ध सुदृढ र प्रगाढ बनाउने निर्णय समेत गरेको छ।
नेपाल कम्युनिस्ट पार्टी प्रदेश संरचनामा गएपछि बसेको बागमती प्रदेशको प्रथम सचिवालय बैठक ऎतिहासिक र सानदार ढंगले सपन्न भएको बताइएको छ।

प्रतिक्रियाहरु

[anycomment]