नेपाल कम्युनिस्ट पार्टी र नेकपा ( एस)का शिर्ष नेताबीच भेटवार्ता
२०८१ भाद्र २ गते, आईतवार
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवम् समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सी र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शनिबार एकीकृत समाजवादीको केन्द्रिय कार्यालय काठमाडौँमा भएको उक्त भेटमा दुई पार्टीले अंगीकार गरेका विचार, राजनीति र संगठनका विषयमा द्विपक्षीय कुराकानी भएको बताइएको छ ।
यसैगरी, उक्त भेटवार्तामा समाजवादी मोर्चालाई सकृय बनाउने र वर्तमान राजनीतिक घटनाक्रम एवम् परिस्थितिका बिषयमा समेत छलफल भएको बताइएको छ।
उक्त भेटवार्तामा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल, नेताहरू बेदुराम भुसाल,प्रमेश हमाल र गङ्गालाल तुलाधरसमेतको सहभागी रहेको थियो ।