समाजवाद : समस्या समाधानको व्यवस्था

२०८१ भाद्र ३ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य सुशिल सीले समाजवाद भनेको समस्या समाधानको व्यवस्था भएको ठोकुवा गरेका छन । आईतवार बाँकेको कोहलपुरामा सल्यान –बाँके समाजवादी सम्पर्क मञ्चको प्रथम भेलालाई सम्वोधन गर्दै उनले सो ठोकुवा गरेका हुन ।
नेता सुशिल सीले भने- ‘समाजवाद उत्कृष्ट व्यवस्था हो, दलाल संसदीय व्ववस्थाको अग्रगामी विकल्प हो, हामीले नेपाली विशेषताको समाजवाद भनेका छौ, यसको ठोश खाका अझै ल्याउन आवश्यक छ ।’
उनले कांग्रेस एमालेको गठबन्धन दलाल संसदीय व्यवस्थाको अन्तीम संकटको गठबन्धन भएको टिप्पणी गरे । उनले कुनै पनि वाहनामा असफल संसदीय व्यवस्था टिक्न नसक्ने जिकिर गर्दै समाजवादका लागि सबै एकताबद्ध हुनुको विकल्प नभएको बताए ।
कार्यक्रममा नेकपाका पोलिट व्यूरो सदस्य आधार सी,बन्धु सी, रक्तिम सी, केन्द्रीय सदस्यहरु विराट सी, रणदिप सी,लगायतका नेताहरुले बोल्दै समाजवाद अहिलेको अपरिहार्य व्यवस्था भएको बताएका थिए ।
उक्त भेलाले महेन्द्र चन्दको नेतृत्वमा ११ सदस्सीय सल्यान –बाँके समाजवादी सम्पर्क मञ्च गठन समेत गरेको छ । -बसन्त विक

प्रतिक्रियाहरु

[anycomment]