‘नेकपाको जिम्मेवारी झनै बढेको छ’

२०८१ भाद्र ७ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले पार्टीको जिम्मेवारी अझै बढेको बताएका छन् । शुक्रबार श्रमिक समुदाय मोर्चा नेपाल केन्द्रीय सचिवालय सदस्यहरुको जुम बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
महासचिव विप्लव सीले धर्म, राजनीति, एनजीओ, अनुदानलगायतको माध्यमबाट अमेरिकी साम्राज्यवादले नेपालमा आफ्नो हस्तक्षेप बढाउँदै गएको प्रष्टायाउदै ओली सरकार कै पालामा सबै क्षेत्रलाई प्रभावमा पारेर एसपीपी पास गर्ने योजनामा अमेरिकी साम्राज्यवाद लागि परिरहेको बताए । उनले उत्पीडित वर्ग, समुदायमाथि नयाँ नयाँ तरिकाले उत्पीडन भइरहेको हुँदा त्यसका विरुद्ध सशक्त संघर्षमा जुट्न
आग्रहसमेत गरे।
श्रमिक समुदाय मोर्चा नेपालको उक्त बैठकले ठोस गरेका आवधिक योजनाहरुलाई थप कार्यान्वयनका निम्ति जोड गर्ने ,एनजीओ र अभियान्ताहरुले उत्पीडित वर्ग, समुदायमाथी पारेको भ्रम चिर्नका निम्ति संघर्षका कार्यक्रम अगाडि बढाउने निर्णय गरेको छ ।
यसैगरी, उक्त बैठकले उत्पीडित वर्ग, समुदायको अधिकार हनन गर्ने गरि भएका पछिल्ला हर्कत विरुद्ध एकल र संयुक्त छलफल, अन्तरक्रिया र संघर्ष गर्ने निर्णयसमेत गरेको छ । बैठक मोर्चाका अध्यक्ष रामलाल सीको अध्यक्षता र सचिवालय सदस्यहरुको सहभागितामा सम्पन्न भयो ।

प्रतिक्रियाहरु

[anycomment]