‘एकीकृत जनक्रान्तिले राष्ट्रिय राजनीतिमा हलचल ल्याएको छ’
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एबम् बागमती प्रदेश ईन्चार्ज प्रकाण्ड सीले एकीकृत जनक्रान्तिले राष्ट्रिय राजनीतिमा हलचल ल्याएको ठोकुवा गरेका छन् । शनिबार नेपाल कम्युनिस्ट पार्टी चितवनको दोस्रो पुर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।
उक्त बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले एकीकृत जनक्रान्तिले राष्ट्रिय राजनीतिमा हलचल र तरंग ल्याउदै हस्तक्षेप गरेको ठोकुवा गर्दै वर्तमान राष्ट्रिय संकटको क्रान्तिकारी निकासको लागि पार्टीले ऎतिहासिक पहल गर्नु पर्ने र तीब्रतामा पार्टी कार्यलाई अगाडि बढाउनु पर्ने बताए। उनले पार्टीलाई सुदृढ र जनसम्बन्धलाई सुमधुर बनाउन बैठकका सहभागीलाई निर्देशन समेत दिए ।
प्रवक्ता प्रकाण्ड सीले दलाल पुँजीपति वर्ग र दलाल संसदीय व्यवस्थाले राष्ट्रको स्वाधिनता र नेपाली जनताको स्वतन्त्रतामाथि तुषारापात गरेको बताए। उनले राजनीतिक र जनसंघर्षको कार्यनीति एकीकृत जनक्रान्तिको मौलिक कार्यनीति भएको उल्लेख गर्दै १० बर्षमा एकीकृत जनक्रान्तिको ऎतिहासिक र गुणात्मक बिकास भएको बताए।
यसैगरी, उक्त बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले नेपाल कम्युनिस्ट पार्टी चितवनले राजनीतिक , संघर्ष र उत्पादनलगायतका कार्यमा प्रगतिको दिशा पकडेको बताउदै संगठन , आर्थिक परिचालन र प्रचार कार्यमा थप मिहेनत गर्नु पर्ने बताए। उनले पार्टीको आन्तरिक एकता , सहकार्य र साझा प्रयास महत्वपूर्ण हुने उल्लेख गर्दै चितवन धेरै सम्भावना बोकेको जिल्ला भएकोले यस जिल्लाको राष्ट्रिय राजनीतिमा बिशेष भूमिका रहने बताए ।
प्रवक्ता प्रकाण्ड सीले एकीकृत जनक्रान्ति गुणात्मक दिशातिर गएको यथार्ततालाई सिंगो पार्टीले बुझ्नु पर्ने बताउदै सोहि अनुसार कार्य गर्न बैठकका सहभागीलाई निर्देशन समेत दिए।
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एबम् बागमती प्रदेश ईन्चार्ज प्रकाण्ड सीको प्रमुख अतिथ्यतामा बसेको उक्त बैठक जिल्ला सेक्रेटरी रुद्र सीको अध्यक्षतामा सम्पन्न भएको हो ।
उक्त बैठकमा केन्द्रिय सदस्य उत्सव सी, मिन सी, अखिल (समाजवादी) का केन्द्रिय सचिव अटल सी, प्रदेश सदस्यहरु र जिल्ला सल्लाहकारहरुको समेत सहभागिता रहेको थियो ।