दलाल संसदीय व्यवस्था असफलसिद्ध

२०८१ भाद्र ९ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सुशिल सीले नेपालमा दलाल संसदीय व्यवस्था असफलसिद्ध भएको ठोकुवा गरेका छन। कर्णाली प्रदेशमा समाजवादी सम्पर्क मञ्च गठन गर्न आयोजित भेलालाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।
नेता सुशिल सीले समाजवादको आजको आवश्यकता परिपूर्ति गर्न समाजवादी सम्पर्क मञ्च बनेको बताउदै समाजवाद विना नेपालको अग्रगामी राजनीतिक निकास नभएको ठोकुवा गरे । उनले भने – ‘समाजवाद मात्र अग्रगामी निकास हो, समाजवादको विकल्प छैन, समाजवाद प्राप्त गर्न विभिन्न क्षेत्रमा संगठित हुन जरुरी छ ।’
उक्त भेलालाई सम्बोधन गर्दै नेकपाका पोलिट व्यूरो सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज एटमले समाजवादी व्यवस्था प्राप्तिको आन्दोलनमा माओवादी तथा कम्युनिष्टहरुको महत्वपूर्ण भूमिका रहने बताए । उनले माओवादी तथा कम्युनिष्ट वामपन्थी शक्ति, राष्ट्रवादी शक्ति एक भएमा समाजवाद टाढा नहुने जिकिर गरे ।
भेलामा नेकपाका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज विवेक सी, केन्द्रीय सदस्यहरु , धुव्र सी, बलवान सी लगायतको आतिथ्यता रहेको थियो ।
‘रुपान्तरित माओवादी कम्युनिष्ट एकता, आजको आवश्यत्ता, समाजवादी कर्णाली निर्माण अभियान, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न उक्त भेलाले कर्णाली समाजवादी सम्पर्क मञ्चको गठन गरेको छ । जसको अध्यक्षमा कालिकोटका मनिलाल ऐडी निर्वाचित भएका छन् । मञ्चका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष समाज रोकाया मुगु, सचिव जित सुर्खेत, सहसचिव बिराजन शाही जाजरकोट, कोषाध्यक्ष योजना कालिकोट लगायत रहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]