राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति क्रान्तिका लागि अनुकूल

२०८१ भाद्र १० गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एबम् बागमती प्रदेश ईन्चार्ज प्रकाण्ड सीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति क्रान्तिका लागि अनुकूल भएको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी मकवानपुरको आठौं पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।


उक्त बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति क्रान्तिका लागि अनुकूल भएकोले नेपाली जनताको मुक्तिकामी एवम् देशको रक्षक नेपाल कम्युनिस्ट पार्टीका सम्पूर्ण जिम्मेवार नेता-कार्यकर्ताले आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथी उठि अझ बढी मेहनतका साथ कार्यक्षेत्रमा लाग्नुपर्ने बताए । उनले योजना मुताविक पार्टीले लिएको लक्ष्य प्राप्तिका लागि अझ थप जिम्मेवारका साथ योजना कार्यन्वयन गर्न बैठकका सहभागी नेतालाई निर्देशन समेत दिए ।


यसैगरी, प्रवक्ता प्रकाण्ड सीले कुर्सी र व्यक्तिगत तथा पारिवारिक स्वार्थका लागि हालिमुहाली गर्ने पार्टीका नेताकार्यकर्ता, दलाल संसदीय व्यवस्थाको जञ्जिर र साम्राज्यवादी हस्तक्षेपबाट देश र जनतालाई मुक्त गरि नेपाली विशेषताको समाजवाद स्थापना गर्ने पार्टीको मुख्य चाहना भएको बताए । उनले देश र जनताको मुक्तिका लागि आवस्यकता अनुसार माओवादी तथा कम्युनिस्ट धारसँग एकता गर्ने, सच्चा प्रगतिशील, देशभक्त र क्रान्तिकारी तत्वलाई ध्रुवीकृत तथा मोर्चाबन्दी गरि गोलबन्द गर्नुपर्ने बताए ।
उक्त बैठकमा पार्टीका केन्द्रिय सदस्य तथा मकवानपुरका इन्चार्ज राम सीले पेश गरेको प्रस्ताव बैठकले मुठ्ठी उठाएर पास गरेको थियो । बैठकले बागमती प्रदेशको स्कुलिङ कार्यक्रममा जिल्ला सचिवालय सदस्य सुर्य सी पठाउने , भाद्र महिनाको १८ गते जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सन्चालन गर्ने, जवसको जिल्ला समन्वय समिती गठन गर्ने निर्णय गरेको छ ।


यसैगरी, बैठकले पालिका र वार्डको बैठक तथा भेला सम्मेलन पनि समयमै गर्ने भन्दै अन्य महत्त्वपूर्ण निर्णय समेत गरेको छ । अन्त्यमा बैठकले गरेका निर्णयहरु दृढताका साथ लागू गराउन निर्देशित गर्दै बैठकका अध्यक्ष तथा जिल्ला सेक्रेटरी सुर्य सीले बैठकको समापन गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु