राष्ट्रिय स्वाधिनताको लडाई लड्न आबश्यक

२०८१ भाद्र १२ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले युवाले राष्ट्रिय स्वाधिनताको लडाई लड्न आबश्यक भएको बताएका छन। सो पार्टीनिकट युवा संगठन नेपालको पाचौं केन्द्रिय समितिको सचिवालय वैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
महासचिव विप्लव सीले युवा संगठनको काधमा नयाँ जिम्मेवारी आएको बताउदै देशमा विदेशी चलखेल बढेकाले राष्ट्रिय स्वाधिनताको लडाई लड्न आबश्यक भएको बताएका छन । उनले एकीकृत जनक्रान्ती सवै मोर्चावाट अगाडि वढेको उल्लेख गर्दै युवाहरुले देश आत्मनिर्भर वनाउनका लागि उत्पादनमा सहभागी वन्दै परिणाम निकाल्न समेत निर्देशन दिए।


यसैगरी, सोहि बैठकलाई सम्बोधन गर्दै नेकपाका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश इन्चार्ज तथा निवर्तमान युवा संगठन नेपालकी फ्याक्सन इन्चार्ज शिलु सीले युवा संगठन नेपाल उत्पादन संघर्ष र संगठनका कामहरुमा अगाडि वढ्दै गएकाले अझ निरन्तर र जुझारु रुपमा लाग्नुपर्ने बताइन । उनले देशका युवाहरुमा आएको निरासा हटाउन संगठन आशा लाग्दो किरण वन्नु पर्ने समेत बताइन ।


युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष दिनेश सीको अध्यक्षतामा वसेको उक्त बैठकमा नेकपाका महासचिव विप्लव सीको प्रमुख आतिथ्यता तथा पार्टी स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश इन्चार्ज निवर्तमान युवा संगठन नेपालकी फ्याक्सन इन्चार्ज शिलु सी उपस्थितिमा रहेको थियो ।
उक्त वैठकले संगठनको क्षेत्रमा समाजवादी युवामैत्री संगठन सुदृढ तथा विस्तार अभियान -०८१ संचालन गर्ने, अन्तर्कृया गर्ने, एमसीसीबिरुद्ध संघर्ष गर्ने, प्रशिक्षण गर्ने तथा उत्पादनलगायतका विषयमा समेत निर्णय गरेको बताइएको छ ।
यसैगरी, उक्त बैठकले लुम्बिनी प्रदेशको इन्चार्जमा संगठनका उपाध्यक्ष बिश्लेषण सीलाई जिम्मा दिइएको छ भने वागमती प्रदेशको इन्चार्जमा सचिव अनिल सीलाई जिम्मा दिइएको छ ।


वैठकले युवा संगठन नेपाल केन्द्रिय समितिको फ्याक्सन इन्चार्जमा रहि काम गर्दै आएकी शिलु सीलाई सम्मानसमेत गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]