अमेरिकी साम्राज्यवाद राष्ट्रिय स्वाधिनताको मुख्य दुश्मन

२०८१ कार्तिक १७ गते, शनिबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा बागमती प्रदेश इन्चार्ज प्रकाण्ड सीले अमेरिकी साम्राज्यवाद  राष्ट्रिय स्वाधिनताको मुख्य दुश्मन भएको  ठोकुवा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी धादिङ्गको पाँचौ पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् ।  

उक्त बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले अमेरिकी साम्राज्यवाद र दलाल पुँजीवादको चपेटाका कारण देश संकटग्रस्त भएको उल्लेख गर्दै अमेरिकी साम्राज्यवाद वर्तमान राष्ट्रिय स्वाधिनताको मुख्य दुश्मन भएको ठोकुवा गरे । उनले जनअधिकार, जनताको समाजवाद र सम्वृद्धिको मुख्यबाधक तत्व दलाल पुँजीवाद भएको ठोकुवा गर्दै राष्ट्र र नेपाली जनताको मुक्तिको निम्ति अमेरिकी साम्राज्यवाद र दलाल पूँजीवादविरुद्ध संघर्ष जरुरी भएको उल्लेख गर्दै  एकीकृत जनक्रान्ति सोहि संघर्षको मोर्चा भएको बताए ।

प्रवक्ता प्रकाण्ड सीले देश र जनतालाई वर्तमान संकटबाट मुक्त पार्न नेपाली जनताको एकताबद्ध पहल र नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व जरुरी रहेको बताए ।

यसैगरी, उक्त बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले जनयुद्ध र जनआन्दोलनमा धादिङ्गले महत्वपूर्ण भूमिका निभाएको बताउँदै बैठकका सहभागीलाई राजनीतिक पहल, जनसंगठन विस्तार, जनसम्बन्ध बढाउने कार्यमा लाग्न निर्देशन समेत दिए । उनले पार्टीलाई जनताको बीचमा जिम्मेवारपूर्णरुपमा   प्रस्तुत गर्न आग्रह गर्दै राजनीतिक हस्तक्षेप, संगठन सुदृढीकरण र विस्तार, जनसम्बन्ध विस्तार, संघर्ष, उत्पादन र समाजवादी मोर्चाको कामलाई थप व्यवस्थित गर्न निर्देशन दिए । 

यसैगरी, प्रवक्ता प्रकाण्ड सीले धादिङ्गका जनताले नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व र गतिविधिलाई सशक्त होस् चाहेको बताउँदै जनताको अपेक्षा पुरा गर्न नेकपा धादिङ्ग अझै बढी क्रियाशील हुनुपर्ने बताए । उनले धादिङ्ग काठमाडौँ उपत्यकाको छिमेकी जिल्ला  भएकोले यसको राष्ट्रिय राजनीति र राष्ट्रिय संघर्षमा महत्वपूर्ण भूमिका हुने बताउँदै त्यसको निम्ति तयार रहन निर्देशन समेत दिए । 

प्रवक्ता प्रकाण्ड सीले धादिङ्ग राजधानी नजिकको जिल्ला भएर पनि विगतका शासकहरुका कारण विकासमा पछि परेको बताउँदै देश र जनतालाई तमाम संकटबाट मुक्त गरी जनताको समाजवाद ल्याउने जिम्मेवारी नेकपाको काँधमा आएकोले सोही अनुसार  दत्तचित्त भएर पार्टीको योजना र कार्यमा लाग्न  बैठकका सहभागीलाई निर्देशन दिए ।

 नेपाल कम्युनिस्ट पार्टीका प्रतिनिधि समिति सदस्य तथा नेकपा धादिङ्गका सेक्रेटरी प्रमोद सिको अध्यक्षतामा सम्पन्न भएको उक्त बैठकमा नेपाल कम्युनिस्ट पार्टीका प्रतिनिधि समिति सदस्य तथा धदिङ्गका इन्चार्ज ज्योती सी लगायतको आतिथ्यता रहेको थियो । 

यसैबीच, नेपाल कम्युनिस्ट पार्टी धादिङ्गको पाँचौ पूर्ण बैठकको प्रमुख आतिथ्यता गर्न धादिङ्ग पुगेका नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा बागमती प्रदेश इन्चार्ज प्रकाण्ड सीसँग स्थानीय राजनीतिक दलका नेता, व्यापारीलगायत स्थानीय निकायका जनप्रतिनिधिले भेट गरेका थिए भने धदिङ्गमा क्रियाशील प्रत्रकारसँग पत्रकार सम्मेलनसमेत भएको बताइएको छ । 

प्रतिक्रियाहरु

[anycomment]