महासचिव विप्लव सीद्वारा स्विमिङ पुल निर्माण कार्यमा श्रमदान
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवम् समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले स्विमिङ पुल निर्माण कार्यमा श्रमदान गरेका छन् । आइतबार कपिलवस्तुस्थित शिवराज नगरपालिका–९ अञ्चलपुरस्थित नेकपाको केन्द्रीय कार्यालय परिसरमा स्विमिङ पुल बनाउन लागिएको स्विमिङ पुल निर्माण कार्यमा उनले श्रमदान गरेका हुन्
उक्त स्विमिङ पुलमा नेपाल कम्युनिस्ट पार्टी र स्थानीय जनताको स्वामित्वमा रहने छ । १८ मिटर लम्बाई र ८ मिटर चौडाइ रहेको उक्त स्विमिङ पुल बनाउन महासचिव विप्लव सीसहित केन्द्रीय कार्यालय र नेकपा कपिलवस्तु जिल्ला कमिटीले श्रमदान गरेका हुन् ।
उक्त स्विमिङ पुल निर्माण कार्यमा महासचिव विप्लव सीलगायत स्थायी समिति सदस्य सन्तोष बुढामगर, पोलिटव्यूरो सदस्यहरू विजय, कृति, असल, सञ्जीव, केन्द्रीय सदस्यहरू सुशील, अडिग, कपिलवस्तु सेक्रेटरी पावेल र स्थानीय कार्यकर्ताको सहभागिता रहेको बताइएको छ ।