नेकपा ०८४ को निर्वाचनमा सहभागी हुने(बिज्ञप्तिसहित )

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीेले नेकपा ०८४ को निर्वाचनमा सहभागी हुने बताएका छन। सो पार्टीद्वारा नवौँ केन्द्रीय समितिको छैठौं पूर्ण बैठकले गरेका निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनको संचालन गर्दै प्रवक्ता प्रकाण्ड सीले सो कुरा बताएका हुन् ।
प्रवक्ता प्रकाण्ड सीले २०८४ सालमा हुने निर्वाचन देश र जनताका विरुद्धको षड्यन्त्रको रुपमा हुन नदिने उद्घोष गर्दै एकीकृत जनक्रान्तिको एउटा मोर्चाको रुपमा नेपाल कम्युनिष्ट पार्टी पनि ०८४ को निर्वाचनमा सहभागी हुने बताए ।
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले क्रान्तिकारी पार्टीहरुसंग एकताको उद्देश्य राख्दै तत्काल मित्र पार्टीहरुसंग मोर्चामा सहकार्य गर्दै क्रान्तिकारी ध्रुविकरणलाई तीव्रता दिने बताए। उनले आगामी २००४ को चुनावलाई राष्ट्िय स्वाधीनता, उत्पीडित वर्ग, जाति, समुदाय, महिला, युवा-विद्यार्थी र नेपाली विशेषताको समाजवादका पक्षमा प्रयोग गर्ने निर्णय गरिएको बताउदै त्यसका लागि जनतालाई स्पष्ट सन्देश दिन पार्टी दर्ता गरेर उपयुक्त चुनाव चिन्ह लिइने बताए ।
उनले भने- ‘हामी एकीकृत जनक्रान्तिको एउटा मोर्चाको रुपमा निर्वाचनको प्रयाग गर्दैछौ, हामी दल दर्ता समेत गरेर जादैछौ, जनताले भ्रष्टाचारी,साम्राज्यवादका दलालहरुलाई राम्रोसंग चिनेका छन। त्यस्ता दलालहरुको षड्यन्त्रको भण्डाफोर गरिनेछ, देश र जनताको विरुद्धमा चुनाव जान दिईनेछैन ।’
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले नवौँ केन्द्रीय समितिको छैठौं पूर्ण बैठकले भ्रष्टाचार, वैदेशिक हस्तक्षेप, सुकुम्बासी, मिटरव्याज, ऋण आतंक लगायतका मुद्दामा जनमार्च सञ्चालन गर्ने निर्णय गरेको बताए। उनले अभियानमा महासचिव, प्रवक्ता, केन्द्रीय समिति, सामना साँस्कृतिक परिवारसहितको टोली सहभागी रहने जानकारीसमेत दिए ।

प्रवक्ता प्रकाण्ड सीले देश अहिले इतिहासकै अफ्ठ्यारो मोडमा उभिएको तथ्य प्रस्तुत गर्दै दलाल पुँजीवादले देश संकटमा फसेको ठोकुवा गरे । उनले भने- ‘दलाल पुँजीवादी व्यवस्थाका विरुद्ध समाजवादी मोर्चा चाहिन्छ,हामी मोर्चाको माध्यमवाट, धुव्रीकरण र एकताको माध्यमवाट देशलाई नेपाली विशेषताको समाजवादमा लिन चाहान्छ। ’
प्रवक्ता प्रकाण्ड सीले नेपालको राजनीतिक संकटको अग्रगामी निकास अवको नेपाली विशेषताको समाजवाद मात्र भएको ठोकुवासमेत गरे ।

उक्त पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाण्ड सीले नवौँ केन्द्रीय समितिको छैठौं पूर्ण बैठकले गरेका निर्णय वाचन गरेका थिए । जुन यस प्रकार रहेको छ -‘हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीको नवौं केन्द्रीय समितिको छैठौं पूर्ण बैठक पार्टी महासचिव कमरेड विप्लव सी को अध्यक्षता यही मंसिर २७ देखि पौष २ गतेसम्म भव्यताका साथ सम्पन्न भयो । बैठकले बैचारिक, राजनीतिक, आर्थिक, संगठनात्मक, सांस्कृतिक क्षेत्रमा ऐतिहासिक एवं द्रगामी महत्वका निर्णयहरु गरेको छ । निर्णयहरुलाई आम नागरिकको जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।
१) केन्द्रीय समितिका कमरेडहरु सी गार्मेन्टमा तयार गरिएको एउटै पोशाकमा बैठक कक्षमा प्रवेश गरे लगत्तै कम्युनिस्ट अन्तर्रास्ट्रिय गीत गायन गरियो ।
२) एकीकृत जनक्रान्ति, जनयुद्ध, नेपाली एवं विश्व क्रान्तिका महान् सहिदहरुप्रति श्रद्धाञ्जली गर्दै १ मिनेट मौनधारण गरियो ।
३) केन्द्रीत समितिको बैठकमा महासचिव कमरेड विप्लव सी ले “साम्राज्यवाद र दलाल पुँजीवादका विरुद्ध सुढता पुर्वक मोर्चा खडा गरौं !समाजवादको नेतृत्वका लागि पार्टीलाई तयार पारौं ! चौतर्फी पहलद्वारा जनसम्बन्धलाई सुदृढ गरौं !” भन्ने शीर्षकको राजनीतिक एवं संगठनात्मक प्रस्ताव वाचन गर्नु भयो । साथै प्रस्ताका मूल विषयमा प्रकाश पार्नु भयो ।
प्रस्तावलाई केन्द्रीय समितिका सबै कमरेडहरुले समृहवद्ध भएर दिनभर अध्ययन गर्नु भयो । अध्ययनपछि केन्द्रीय समितिका सबै कमरेडहरुले आफनो कार्यक्षेत्रको रिपोर्टसहित प्रस्तावमाथि टिप्पणी, सुझाव राख्नु भयो । त्यसपछि १ गते स्थायी समितिका कमरेडहरु कमरेड सृशील सी, भरत सी, सिलू सी, अनिल सी, सन्तोष सी र प्रवक्ता कमरेड प्रकाण्ड सीले प्रस्तावका विषयमा प्रकाश पार्नु भयो । त्यसपछि महासचिव विप्लव सीले सविस्तारमा विषयहरुलाई स्पष्ट पार्नु भयो । बैठकमा एउटा वेग्लै खालको उत्साह, आत्मविश्वास र विश्वास पैदा भयो । प्रस्तावलाई उठेर पास गर्न आग्रह गरेपछि सिङ्गो केन्द्रीय समिति उठेर एकमतका साथ तालिको बेजोड गडगडाहटसहित प्रस्तावलाई पारित गर्यो ।
४) राजनीतिक कार्यहरुबारे निम्न निर्णयहरु गरिएका छन् –
क) नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तिका १० वर्ष भित्र गरिएका अध्ययन, अनुसन्धान, प्रयोग र विकासलाई विचार संश्लेषणमा उठाउने निर्णय गरेको छ । त्यसका लागि पार्टीले सुव्यवस्थित बहस, अन्तर्क्रिया गर्दै विशेष अधिवेशनको आयोजना गर्ने छ ।
ख) देशमा व्याप्त भ्रष्टाचार, वैदेशिक हस्तक्षेप, सुकुम्वासी, मिटरव्याज, क्रण आतंक लगायतका मृद्दामा फाल्गुन २१ देखि झापा-कञ्चनपुर जनमार्च संचालन गर्ने निर्णय लिइएको छ । अभियानमा पार्टी महासचिव, प्रवक्ता, केन्द्रीय समिति, ज.व.स. मोर्चाका नेता, सामना सांस्कृतिक परिवारसहितको टोली सहभागी बन्ने छ ।
ग) क्रान्तिकारी पार्टीहरुसंग एकताको उद्देश्य राख्दै तत्काल मित्र पार्टीहरुसंग मोर्चामा सहकार्य गर्दै क्रान्तिकारी धरुवीकरणलाई तीव्रता दिने निर्णय गरिएको छ ।
घ) पार्टीका विचार र प्रस्तावहरुलाई स्पष्ट गर्न देशव्यापी रुपमा अन्तरक्रिया कार्यक्रमहरु आयोजना गरिने
छन् ।
ङ) आगामी २००४ को चुनावलाई राष्ट्िय स्वाधीनता, उत्पीडित वर्ग, जाति, समुदाय, महिला, युवा- विद्यार्थी र नेपाली विशेषताको समाजवादका पक्षमा प्रयोग गर्ने निर्णय गरिएको छ । त्यसका लागि जनतालाई स्पष्ट सन्देश दिन पार्टी दर्ता गरेर उपयुक्त चुनाव चिन्ह लिइने छ ।
च) समाजवादी संघीयताको विचार एवं जनताको आन्दोलनको मर्म अनुसार हाल राज्यले कोशी प्रदेश नामाकरण गरेको प्रदेशलाई किराँत-लिम्बुवान परदेश नामाकरण गर्ने, त्यसलाई मान्यता दिलाउन राजनीतिक शक्तिहरुसंग छलफल बढाउने निर्णय लिइएको छ ।
५) संघर्षका सन्दर्भमा निम्न निर्णय लिइएका छन्-
क) देशको स्वाधीनता विरुद्ध भइरहेका हस्तक्षेप विरुद्ध भण्डाफोर चलाउने,
ख) भ्रष्टाचार, कमिसनखोरी, मिटरब्याज, बैंक व्याज आर्तंक विरुद्ध जनसंघर्ष संचालन गर्ने,
ग) सुकुमवासी, गरिब किसान, महिला, श्रमिक समुदाय विरुद्ध भइरहेका उत्पीडन, दमन, अत्याचार विरुद्ध केन्द्र र स्थानीय तहबाट संघर्षहरु संचालन गर्ने,
घ) युवा पलायनता रोक्न जागरण अभियान चलाउने, राज्यको दलाली प्रवृत्तिको भण्डाफोर गर्ने,
ङ) जाजरकोट भूकम्प पीडित जनतालाई दोस्रो किस्ता रकम उपलब्ध गराउन पहल गर्ने ।
७) आर्थिक कार्यबारे निम्न निर्णय गरिएका छन्-
क) पार्टीलाई मात्र होइन देशलाई नै आत्मनिर्भरतासहित सम्मृद्धितिर बढ्न पार्टीले नयाँ आर्थिक मार्गको विचारलाई दृढताका साथ कार्यन्वयन गर्ने ‘
ख) कृषि उत्पादनसहित उद्योग संचालनका लागि अध्ययन अगाडि बढाउने,
ग) उत्पादन कार्यमा सहयोग गर्ने जनता र व्यववसायी मित्रहरुलाई धन्यवाद दिइयो साथै व्यवसायी साथिहरुसँग भइरहेको सहकार्यलाई विस्तार गर्दै उत्पादनलाई वृद्धि गर्न पहल गर्ने,
घ) यो योजनाभित्र उपत्यकामा सी व्यापार केन्द्र संचालनमा ल्याउने ।
८ ) साँस्कृतिक कार्यबारे निम्न निर्णयहरु गरिएका छन् –
क) सामना सांस्कृतिक परिवारले माघमा साँस्कृतिक कार्यक्रम संचालन गर्ने,
ख) मेची-महाकाली अभियानमा सामना साँस्कृतिक परिवार सहभागी बन्ने,
ग) विभिन्न साहित्यीक कार्यक्रम चलाउने,
घ) नेपाली जनसंस्कृति एवं प्रगतिशील संस्कृतिको संरक्षण एवं विकास गर्न जनसंस्कृति संरक्षण मंच निर्माण गर्ने,
ङ) महान् जनयुद्ध दिवस, सहिद सप्ताह, महिला दिवस, अनेकोट प्रतिरोध दिवस, अन्तर्राष्ट्रिय मजुर दिवस, विद्यार्थी दिवस लगायतका पर्वहरु भव्यतापूर्वक सम्पन्न गर्ने,
च) प्रगतिशील सांस्कृतिक आन्दोलन चलाउन संगीत अभियात्रासहितका कार्यक्रमलाई सहयोग गर्ने ।
९) पार्टीका प्रकाशनलाई सुव्यवस्थितरुपले नियमित प्रकाशन गर्ने निर्णय लिइएको छ ।
१०) केन्द्रीय कार्यालय, कम्युन र देशभरी चलिरहेका निर्माण कार्यलाई निरन्तर संचालन गर्ने निर्णय लिइएको छ ।”

