नेकपाद्वारा ‘निर्वाचन व्यवस्थापन विभाग’ गठन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीकाे गत मङ्सिर २७ गते सुरु भई पुस २ गते सम्पन्न नवौँ केन्द्रीय समितिको छैठौं पूर्ण बैठकले ‘निर्वाचन व्यवस्थापन विभाग’ गठन गरेको छ। सो पार्टीले स्थायी समिति सदस्य कर्णाली प्रदेशका इञ्चार्ज सुशील सीकाे नेतृत्वमा ३ सदस्य रहेको ‘निर्वाचन व्यवस्थापन विभाग’ गठन गरेको बताइएको छ । विभागका अन्य सदस्यहरुमा चिरन्जीवि सी र अधिवक्ता कपिल पोख्रेल रहेका छन् । विभागले निर्वाचन आयोगसँग समन्वय र जनचेतना निर्माणको कार्य प्रारम्भ गरिसकेको जानकारी अधिवक्तासमेत रहेका पार्टीका केन्द्रीय सदस्य चिरन्जीवि ढकालले बताएका छन् ।