‘समाजवादी आन्दोलनमा विद्यार्थी धारिलो हतियार बन्नु पर्छ’

२०८१ पुष २७ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड सीले समाजवादी आन्दोलनमा विद्यार्थी धारिलो हतियार बन्नु पर्ने बताएका छन। शुक्रबार सो पार्टीनिकट अखिल(समाजवादी) बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दो उनले सो कुरा बताएका हुन्।
उक्त बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले नेपालको विद्यार्थी आन्दोलनलाई नमुना बनाउने जिम्मा अखिल (समाजवादी) को काँधमा आएको बताए। उनले देशजति संकटमा छ त्यति नै संकट विद्यार्थी र विद्यार्थी आन्दोलनमा पनि रहेको बताए।
प्रवक्ता प्रकाण्ड सीले देशमा नेकपा बाहेक अरू पार्टी प्रयोगबाट असफल भइ सकेको बताउदै क्रान्तिकारीहरूले हस्तक्षेप गरेर प्रतिकुलतालाई अनुकुलतामा बदल्नु पर्ने बताए।
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले क्रान्तिले संसदवादी क्याम्पलाई विघटन गरेर अगाडी बढ्ने उद्घोष गर्दै अखिल (समाजवादी)ले शैक्षिक क्षेत्रमा दलाल पुँजीवादको हस्तक्षेप समाप्त पारिदिनु पर्ने बताए। उनले अखिल (समाजवादी) ले स्ववियुलाई शिक्षा क्षेत्रको दलालिकरण र माफीयाकरण विरुद्धको लडाईको मोर्चा बनाउनु पर्ने भन्दै विद्यार्थीलाई गरिएको शोषणका विरुद्ध अखिल( (समाजवादी) सँगै नेकपा पनि लड्ने बताए।


अखिल(समाजवादी) बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठक संगठनका उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज ललित सीको अध्यक्षतामा बसेको उक्त बैठकमा नेकपाका केन्द्रिय सदस्य, काठमाडौ जिल्लासचीव तथा अखिल(समाजवादी) का पुर्व अध्यक्ष चिरञ्जीवी सी, केन्द्रिय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज कृष्णहरि सी, केन्द्रिय सदस्य सन्जिव सी केन्द्रिय सदस्य तथा ललितपुर जिल्ला सचिव ललित सी, अखिल समाज्वादीका महासचिव प्रकाश सी, सचिव कपिल सी , केन्द्रिय प्रतिनिधि सदस्य तथा ललितपुर महानगर इन्चार्ज बज्र सी को आतिथ्यततामा रहेको थियो।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु