देशभक्त र प्रगतिशील शक्तिहरुसङ्ग नयाँ मोर्चा अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले देशभक्त र प्रगतिशील शक्तिहरुसङ्ग नयाँ मोर्चा अपरिहार्य भएको बताएका छन्। शुक्रबार नेकपा मधेस प्रदेशको कार्यलय बर्दिवासमा बसेको बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
महासचिव विप्लव सीले देशको स्वाधीनताको रक्षा गर्न देशभक्त र प्रगतिशील शक्तिहरुसङ्ग नयाँ मोर्चा अपरिहार्य भएको उल्लेख गर्दै नेकपाको नेतृत्वमा क्रान्तिको प्रवल सम्भावना रहेको बताए । उनले देशमा अमेरिकी साम्राज्यवादको हस्तक्षेप तीव्रतामा बढेकाले स्वाधीनताका लागि नयाँ मोर्चा अपरिहार्य रहेको जिकिर गरे । देशको स्वाधीनताको खतरा मानिएको साम्राज्यवाद र नेपाली विशेषताको समाजवादको अवरोधको रूपमा रहेको दलाल पुँजीवाद देशको शान्ति र समृद्धिका लागि मुख्य समस्याको रूपमा रहेकोसमेत उल्लेख गरे ।
यसैगरी, महासचिव विप्लव सीले क्रान्तिको आवश्यकतामा नेता कार्यकर्ताले विकास गर्नुपर्ने बताउदै भने- ‘मधेस नेपालको सबैभन्दा धेरै जनसंख्या भएको प्रदेश हो, यहाँ समस्याहरु धेरै छन्, जनता उत्पीडनमा छन् यस्तो अवस्था पार्टीले चौतर्फी पहल लिदै समस्यामा परेको जनताको जीवनमा महसुस हुने गरि पार्टीले काम गर्नुपर्नेछ ।’
महासचिव विप्लव सी ले भने- ‘यदि देशको स्वाधीनताको रक्षा गर्ने हो र नेपाली जनताको अधुरो सपना पूरा गर्ने हो भने अब देशभक्त र प्रगतिशील शक्तिहरुसङ्ग नयाँ मोर्चा अपरिहार्य छ, हामी त्यो दिशामा अघि जान्छौं ।’

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रदेश इन्चार्ज अनिल सीको अध्यक्षतामा बसेको उक्त बैठकको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी रहेका थिए ।
बैठकले हरेक नेता र कमिटीमा उत्पादनको नीति लागू गर्ने, सामना साँस्कृतिक जागरण अभियान चलाउने, स्कुकिङ्ग संचालन गर्ने, जनयुद्ध दिवस, सहिद सप्ताह, महिला दिवस आदि भव्यरुपमा मनाउने, विभिन्न नमुना कार्यहरु गर्ने र काठमाडौंमा भव्य रुपमा मनाउने मइ दिवसमा मधेस प्रदेशबाट समेत नेता कार्यकर्तालाई सहभागी गराउने निर्णयसमेत गरेको छ ।
बैठकले गरेको विस्तृत निर्णयहरु एक वक्तव्यमार्फत जानकारी गराउने प्रदेश इन्चार्ज अनिल सीले जनाएका छन् ।