विश्व शान्तिका लागि समाजवाद अनिबार्य

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले विश्व शान्तिका लागि समाजवाद अनिबार्य भएको बताएका छन। नेकपा गण्डकी प्रदेशद्वारा पुस २८ गते आयोजित राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
महासचिव विप्लव सीले देशमा विभिन्न प्रकारमा षडयन्त्रहरु हावी भइरहेकाे भन्दै संस्कृतिको बारेमा पनि नेकपाले आफ्नै प्रकारको नीति बनाएको बताए । उनले आर्थिकमा चीनले र प्रविधिमा रसियाले गरेको प्रगतिको कारण आज अमेरिका विश्वशक्तिबाट कमजोर भएको बताउँदै विश्वभरमा शान्तिको लागि समाजवाद नै विकल्प रहेकोबारे बहस सिर्जना भएको बताए ।
यसैगरी,महासचिव विप्लव सीले चुनावलाई एउटा सङ्घर्षको रुपमा प्रयोग गर्ने मात्रै भएकोले चुनावमा जानेबित्तिकै संसदीय भासमा जाने भन्ने अर्थमा नलिन अपिल गरे । उनले देश अन्योलग्रस्त बन्दै गएको, उत्पादन शुन्य र युवा पलायनता डरलाग्दो स्थितिमा पुगेको भन्दै यसबाट मुक्त गर्न एकपल्ट देशको नेतृत्व गर्ने चाहना रहेको बताए ।
महासचिव विप्लव सीले एकपल्ट देशको नेतृत्व गर्ने इच्छा नेकपाको रहेको भन्दै जनतालाई एकपल्ट साथ दिन आग्रहसमेत गरे । उनले पार्टी पछिल्लो समय उत्पादनसँग जोडिएपछि त्यसले आम जनतामा निकै सकारात्मक प्रभाव परेको भन्दै राज्यले गर्नुपर्ने केही नगर्दा जनतामा निराशा बढेको टिप्पणी गरे । उनले भने- ‘सरकारले गर्न खोजेको कामबारे अन्यौल छ, कृषिमा कुनै नयाँ कार्यक्रम छैन ।’
।
महासचिव विप्लव सीले पार्टीले पछिल्लो समय नयाँ आर्थिक मार्ग, माक्र्सवादकाे विकास, दर्शन लगायतमा विकास गरेको उल्लेख गर्दै उत्पादनलाई मुलत: आत्मनिर्भरतातर्फ नेता, कार्यकर्ता, पार्टी हुँदै देशलाई आत्मनिर्भरता तर्फ लैजाने बताए ।
यसैगरी, महासचिव विप्लव सीले पार्टी एकताका सन्दर्भ कोट्याउदै पार्टीमा तलका कमरेडहरु, बेपत्ता, सहिद परिवार, घाइते योद्धा, सामान्य कार्यकर्ताहरु एकताको पक्षमा भएपनि नेकपा माओवादी केन्द्रले एकताको लागि ठोस पहल नगरेकोले तत्काल एकता नभई मोर्चाको रुपमा अगाडि बढाउने बताए ।

यसैगरी, उक्त कार्यक्रमको अध्यक्षता गरेकी पार्टीका स्थायी समिति सदस्य एवं गण्डकी प्रदेश इन्चार्ज शिलु सीले जनतामा उत्साह पैदा भएको भन्दै नेकपाले पछिल्लो बैठकले गरेका निर्णय लागू गर्न सबैलाई आग्रह गरिन् । उनले देश समाजवादको दिशामा अगाडि बढाउन जनतालाई सचेत बनाउनुपर्ने बताउँदै देशको नेतृत्व समाल्ने जिम्मेवारी नेकपाको काँधमा छिट्टै आउने विश्वास समेत व्यक्त गरिन् ।
पोलिट ब्युरो सदस्य आजाद सीले कार्यक्रमकाे सन्चालन गरेका थिए भने पोलिट ब्युरो सदस्य आस्था सीले स्वागत राखेकी थिइन् ।
यसैगरी, सोही कार्यक्रममा कास्की, नवलपुर, गोर्खा लगायतका जिल्लाबाट दर्जनौँ नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका थिए ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का केन्द्रीय सदस्य विश्वास, पूर्व माओवादी मणी न्यौपाने, विदुर त्रीपाठी, जनमोर्चाका प्रेम पुन, माओवादी केन्द्रका धर्म परियार, नेपाली काङ्ग्रेसका दिपेन्द्र परियार, नेकपा (बहुमत) गोर्खाका जिल्ला सदस्य कृष्ण प्रसाद पन्त, शेर बहादुर थापा, सरिता थापा, भगवान घले, कृष्ण बहादुर थापा, राम बहादुर तामाङ, विजय श्रेष्ठ, भीम खपाङ्गी, अर्जुन तामाङ, दिलिप पोख्रेल, तुल बहादुर मगर, पार्वती नेपाली, कास्कीबाट अनिता नेपाली, सुरेश राई, सरिता थापा, जुना थापा, रेणुका सापकोटा लगायत दर्जनौंले पार्टी महासचिव विप्लव सीको हातबाट टिका ग्रहण गर्दै प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश लगत्तै आफ्नो प्रतिबद्धता मन्तव्य राख्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य विश्वासले विभिन्न कारणले यताउता भएपनि अन्त्यमा क्रान्तिको आश नेकपाबाटै देखिएकोले आफू पार्टीमा पर्खिएको बताउँदै उनले नेपाली जनताले पटक-पटक धोका पाएको भन्दै फेरिपनि नेपाली जनतालाई धोका नहोस् भनी आग्रह समेत गरेका थिए । यस्तै पूर्व माओवादी मणी न्यौपानेले लामो समय स्वतन्त्र रुपमा रहेपनि पार्टीको जिम्मेवारी नभएरपनि परिवर्तनको हुटहुटी नमरेको भन्दै पार्टीको नीति र उत्पादनले आम जनताप्रति निकै सकारात्मक प्रभाव रहेको भन्दै स्वास्थ्यप्रति पनि नीति निर्माण गर्दै लागू गर्नुपर्ने र आफूले पार्टीले दिने जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।