समाजवादी क्रान्ति देशको आवश्यकता

२०८१ पुष २९ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् प्रवक्ता प्रकाण्ड सीले समाजवादी क्रान्ति देशको आवश्यकता भएको ठोकुवा गरेका छन् । सो पार्टीनिकट युवा संगठन नेपालको केन्द्रिय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।
प्रवक्ता प्रकाण्ड सीले समाजमा देखिएको निराशको प्रमुख कारण विद्यमान व्यवस्था भएको तथ्य प्रस्तुत गर्दै यसको विकल्पमा समाजवादी क्रान्ति देशको आवश्यकता भएको ठोकुवा गरे। उनले अरु दल समर्थक युवाहरू भ्रष्टाचार, कमिशनमा लिप्त भएकोले युवा संगठन नेपालले मात्रै देशको स्वाधीनता र युवा अधिकारका लागि लड्न संभव रहेको बताए ।
प्रवक्ता प्रकाण्ड सीले समाजमा विद्यमान निराशाविरुद्ध युवा जागरण अभियान जरुरी रहेको बताए । उनले अहिलेको व्यवस्थाको असफलताका कारण उत्पन्न निराशालाई चिर्न युवा संगठन नेपाललाई देशव्यापी जागरण अभियान सञ्चालन गर्न निर्देशनसमेत दिए ।
प्रवक्ता प्रकाण्ड सीले अहिले समाजमा युवा बेरोजगारी, भ्रष्टाचार, महङ्गी, बाह्य हस्तक्षेप र सामाजिक अराजकताले नागरिकहरु आक्रान्त रहेको भन्दै त्यस विरुद्धको जागरणमार्फत नयाँ विकल्प निर्माणको अभियान जरुरी रहेको बताए । उनले नेकपाले अघि सारेको नयाँ आर्थिक मार्ग अनुसार युवाहरुलाई उत्पादनका कामलाई थप व्यवस्थित गर्न निर्देशसमेत दिए ।
प्रवक्ता प्रकाण्ड सीले नेपाल कम्युनिस्ट पार्टी मार्क्सवाद, लेनिनवाद र माओवादको प्रयोगको क्रममा नेपालमा नयाँ विचारको विकास प्रक्रिया अघि बढेको, त्यसलाई सुत्रबद्द र संश्लेषण गर्न व्यापक अध्ययन, छलफल र बहस समेत जरुरी रहेको र विचार संश्लेषणको महान कामलाई निकट भविस्यमा संश्लेषण गर्ने योजना रहेकोले युवाहरुले विचारधारात्मक कामलाई समेत जोड दिनुपर्ने बताए ।
युवा संगठन नेपालका अध्यक्ष दिनेश सीको अध्यक्षतामा सम्पन्न उक्त बैठकले राज्य र नेपाल कम्युनिस्ट पार्टीबिच सम्पन्न तीन बुँदे सहमतिलाई कार्यान्वयनका लागि दबाब दिने उदेश्यले आगामी माघ ५ देखि ८ गतेसम्म देशव्यापी अभियान सञ्चालन गर्ने , भ्रष्टाचार , बिदेशी हस्तक्षेपविरुद्ध र रोजगारीको मागसहित चैत २४ गते काठमाडौमा प्रदर्शन गर्ने,देशव्यापी जिल्ला भेला र सम्मेलन सम्पन्न गर्ने निर्णय समेत गरेको बताइएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु