समाजवादको यात्रा मुख्य

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले चुनाव उपयोग गर्ने कुरालाई सहायक र समाजवादको यात्रा मुख्य भएकोले सोही बमोजिम जनतालाई बुझाउन जरुरी रहेको बताएका छन् । सोमबार नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेशको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
उक्त बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले नयाँ कार्यक्रमलाई उर्जा र उत्साहका साथ लागू गर्न आह्वान गरे । उनले पार्टीले चुनाव उपयोग गर्ने कुरालाई सहायक र समाजवादको यात्रा मुख्य पार्टीको आवश्यकताले कमिटीको आकार कहिले ठूलो र कहिले सानो हुने भन्दै उनले कम्युनिष्ट आन्दोलन र देशको परिस्थितिले यसको निर्धारण गर्ने बताए ।

यसैगरी, उक्त बैठकलाई सम्बोधन गर्दै पार्टीका स्थायी समिति सदस्य एवं प्रदेश इन्चार्ज शिलु सीले पार्टीको विचार नीति एवं कार्यक्रमलाई जनताको बिचमा स्थापित गराउने सबैको भूमिका रहने बताइन् । उनले बैठकले लिएको निर्णयहरु कडाईपूर्वक लागु गर्न निर्देशन दिदै सबै जिल्लामा सङ्गठन निर्माणमा जोड दिन आग्रह गरिन्।
यसैबीच, उक्त बैठकले आगामी चैत २४ गते पोखरामा प्रदेशस्तरीय बृहत जनसभा गर्ने र उक्त जनसभामा पार्टी महासचिव विप्लवले सम्बोधन गर्ने निर्णय भएको छ । यसैगरी, बैठकले पार्टीमा ध्रुवीकरण र गाउँपालिकास्तरीय अन्तरक्रियामा जोड दिने निर्णय पनि गरेको छ । यस्तै भ्रष्टचार विरुद्धको कार्यक्रम, MCC सम्बन्धी भण्डाफोर, महङ्गी, शैक्षिक सरोकार, श्रमिक समुदायका सरोकार लगायतका विषयमा सङ्घर्ष गर्ने निर्णय बैठकले गरेको छ । त्यस्तै बैठकले आगामी स्ववियु निर्वाचनबारे पनि छलफल गरेको थियो भने उत्पादनलाई निरन्तरता दिदै थप विकास गर्ने निर्णय गरेको छ । साेही बैठकमा माओवादी केन्द्रका सल्लाहकार विजय गुरुङ पार्टी परित्याग नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका थिए ।