नेकपाद्वारा एमसीसीविरुद्धको जनताको संघर्षमा ऐक्यबद्धता

२०८१ माघ ५ गते, शनिबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले स्थानीयको अनुमतिबिना विद्युतको प्रशारण लाइन विस्तार विरुद्ध आन्दोलनरत व्यक्तिलाई प्रहरीले पक्राउ गरेको भन्दै उनीहरुलाई अबिलम्ब रिहा गर्न माग गरेको छ । नेपाल कम्युनिस्ट पार्टी एमसीसी सरोकार समितिका संयोजक भरत सीले शुक्रबार विज्ञप्ति जारी गर्दै काठमाडौँको शङ्खरापुर नगरपालिका वडा नं. ३ स्थित लफ्सीफेदी बझेनीमा जबर्जस्त सबस्टेशन खडा गरि लाइन विस्तार गर्न खोजिएको विरोधमा उत्रिएका स्थानीयलाई प्रहरीले पक्राउ गरेकोले उनीहरुलाई रिहा गर्न माग गरेका हुन् ।
एमसीसी सरोकार समितिका समितिका संयोजक भरत सीद्वारा जारी विज्ञप्तिमा लफ्सीफेदी बोझनीका जनतामाथि माघ ३ गते भएको प्रहरी दमनको घटनाप्रति एमसीसी सरोकार समितिको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
विज्ञप्तिमा न्यायपूर्ण संघर्षमाथि सरकारले गरेको दमन र प्रहरी ज्यादतीको घोर निन्दा र भर्त्सना गर्दै राष्ट्रघाती एमसीसी विरुद्धको जनताको संघर्षमा ऐक्यबद्धता प्रकट गरिएको छ ।
त्यस्तै विज्ञप्तिमा स्वाधीनताको अभियानमा एकीकृत हुन सबै देशभक्त प्रगतिशिल शक्तिहरुमा अनुरोधसमेत भनिएको छ।

लफ्सीफेदीका स्थानीय जनताको अनुमति बिना बिजुलीको प्रशारण लाइन विस्तार गर्न खोज्दा आफूहरुलाई विस्थापित गर्न खोजिएको भन्दै स्थानीयहरु आन्दोलनमा उत्रिएका छन् भने आन्दोलनको क्रममा गिरफ्तार गरिएका १३ मध्ये ५ जनालाई अभद्र व्यवहार सम्बन्धि मुद्दा दर्ता गरिएको स्थानीय मोक्तान थेवाले बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु