नेकपाको नेतृत्वमा मात्र वर्तमान संकटको समाधान गर्न संभव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका किरात-लिम्बुवान प्रदेश इन्चार्ज दिपेश सीले नेकपाको नेतृत्वमा मात्र नेपालको वर्तमान संकटको समाधान गर्न संभव हुने ठोकुवा गरेका छन् । शुक्रबार नेकपा झापाको छैठौं पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।
नेता दिपेश सीले यतिबेला नेपालमा देखिएको संकटको समाधान अहिलेको दलाल नेतृत्वको सत्ताबाट संभव नभएको बताउँदै अब नेकपाको नेतृत्वमा मात्र आजको नेपालको संकटको समाधान गर्न संभव रहेको बताए । उनले नेपालको सत्ता कुनैपनि हालतमा यो अवस्थामा चल्न नसक्ने हुनाले अब नेकपाले अगाडि सारेका प्रस्तावहरुमा अब सबै अग्रगामी, परिवर्तनकामी शक्तिहरुले गम्भीर भएर सोच्नु पर्ने बेला आएको बताए । नेता दिपेश सीले उनीहरु गम्भीर नबन्ने र यसरी नै सत्ताको लुछाचुंडीमा लाग्ने हो भने देश पश्चिमाहरुको षड्यन्त्रमा गम्भीर प्रकारले जाने खतरा रहेको बताए ।