‘नेपालको समस्या दलाल पुँजीवाद हो’

२०८१ माघ ६ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालको समस्या दलाल पुँजीवाद भएको बताएका छन्। सो पार्टीको कर्णाली प्रदेशद्वारा शनिबार आयोजित राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्दै उनले सो कुरा बताएका हुन्।
महासचिव विप्लव सीले नेपालको समस्या दलाल पुँजीवाद भएको यसको समाधान नेपाली विशेषताको समाजवाद हो भन्ने कुरा स्थापित हुँदै गएको बताए। उनले अहिलेको सरकार नेपाली जनताको भावनालाई बुझेर काममा नलागेको उल्लेख गर्दै अमेरिकी साम्राज्यवादी मालिक र दलालहरुको गोटी भएको बताए । उनले भने- ‘यो सरकार अमेरिकी साम्राज्यवादी मालिकहरुको हो, नेपालका दलालहरुको हो, यो नेपाली जनताको सरकार होइन, नेपाली जनताको सत्ता पनि आएको छैन ।’


नेकपाका स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज कर्णजीत सीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य नेकपाका सुर्खेत जिल्ला इन्चार्ज एटम सीले दिएका थिए भने संचालन नेकपाका सल्यान जिल्ला इन्चार्ज आधार सीले गररेका थिए ।
यसैगरी, उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रसहित विभिन्न पार्टी परित्याग गरी ७ जना नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।


नेकपामा प्रवेश गर्नेहरुमा नेकपा माओवादी केन्द्रका सल्यान जिल्लाका नेताहरु गोविन्द सी, कुल बहादुर सी, दुर्गा सी, रुकुम पश्चिमका विभिन्न पार्टी सम्वद्ध चन्द्र बहादुर सी, बल सी, निम सी र अर्जुन सीसहित ७ जना रहेका छन् ।
उनीहरुले देशको अवको सम्भावना र नेतृत्व गर्न सक्ने इमान्दार पार्टी र नेतृत्व र कार्यदिशा नेकपामा देखेकाले पार्टी प्रवेशग गरेको बताएका छन् ।
नवप्रवेशीहरुलाई नेकपाका महासचिव विप्लव सीले स्वागत गर्दै एकीकृत जनक्रान्तिको मोर्चामा निरन्तर लाग्न र जनताको सेवा गर्न आग्रह गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]