‘जनताको काखमा बास गर्ने पार्टी कहिल्यै हार्दैन’

२०८१ माघ ९ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले जनताको काखमा बास गर्ने पार्टी कहिल्यै नहार्ने ठोकुवा गरेका छन्। मंगलवार सो पार्टीको धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेश स्तरिय वैचारिक, राजनैतिक प्रशिक्षण कार्यक्रलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले जनताको काखमा बास गर्ने पार्टी र आमाको काखमा बास गर्ने सन्तान कहिल्यै नहार्ने बताउँदै कम्युनिष्टहरुले जनताको काखमा बास गर्न सक्नु पर्ने बताए । उनले साम्राज्यवाद र दलाल पुँजीवादका विरुद्ध आन्दोलन गर्दै समाजवादका लागि पार्टी र नेता कार्यकर्ताहरु जिम्मेवार बन्नु पर्ने बताउँदै समाजवादका लागि श्रमिक जनसमुदाय एकजुट हुनु पर्ने बताए ।
महासचिव विप्लव सीले संसारका कुनैपनि युद्धहरु कम्युनिष्टका कारण नभई पूजीवादका कारण भएको बताउँदै सच्चा कम्युनिष्टहरुले एकजुट हुनु पर्नेसमेत बताए । उनले नेपाल कम्युनिष्ट पार्टी आर्थिक, सामाजिक, राजनैतिक, साँस्कृतिक र संगठनात्मकरुपमा सबैभन्दा अगाडि भएको बताउदै नेता कार्यकर्ताहरुलाई जनताका बिचमा रहेर जनताका कामहरु निर्देशनसमेत दिए ।
महासचिव विप्लव सीले ०८४ मा हुने निर्वाचनमा सबै क्षेत्रबाट उम्मेद्वारी दिएर निर्वाचनमा जाने पार्टीले निर्णय गरेको सुनाउदै अवको समय जनताका लागि खर्च गर्नु पर्ने बताए ।
यसैगरी, महासचिव विप्लव सीले सुदूरपश्चिम विद्रोही जन्माउने प्रदेश भएको उल्लेख गर्दै सुदूरपश्चिम प्रदेशले भिमदत्त पन्तदेखि जनयुद्ध र एकिकृत जनक्रान्तिका लागि थुप्रै विद्रोहीहरु जन्माएको बताए । उनले महान सहिदहरुको रगतले सिञ्चित सुदूरपश्चिम प्रदेशमा अझै थुप्रै विद्रोहीहरु जन्मने ठोकुवा गर्दै देश अझै स्वाधीन बन्न नसकेको बताए।
यसैगरी, महासचिव विप्लव सीले राष्ट्रिय स्वाधीनता र जनताका पक्षमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले देश साम्राज्यवादीहरुको अखडा बन्न सक्ने खतरा मडारिएको बताउँदै देशलाई स्वाधीन र नेपाली जनतालाई आत्मनिर्भर बनाउन नेकपा साम्राज्यवादीहरुसंग लड्दै आएको बताए ।
महासचिव विप्लव सीले समाजवाद सत्तामा नभए पनि अवशेष देखिने गरेको बताउँदै दलाल पुँजीवाद सत्तामा हावी भएकाले त्यसका विरुद्ध संघर्ष आवश्यक भएको बताए । उनले दलाल पुँजीवाद नेपाली जनताको पक्षमा नभएको बताउँदै समाजवादका लागि संघर्ष गर्नु पर्ने बताए । यसैगरी, महासचिव विप्लव सीले देशमा सबै समाजवादी बन्दै गएको बताउँदै जनतालाई समाजवादबारे बुझाउँदै जानु पर्ने बताए । उनले जनताका समस्याका विषयमा नेपाल कम्युनिष्ट पार्टी सधै अग्र स्थानमा रहेको बताउँदै सुकुम्बासीहरुका घर भत्काउनेदेखि राष्ट्रका हित विपरित गरिने सबैखाले सन्धी सम्झौताका विरुद्ध आवाज उठाउदै आएको बताए ।
यसैगरी, महासचिव विप्लव सीले आत्मनिर्भरता, स्वाधीनता र सम्पन्नताका लागि पार्टी उत्पादनमा जोडिएको बताउँदै ठुलो आँधीबेहरी आए पनि थेग्न सक्नेगरी पार्टी बलियो बनेको बताए । उनले पार्टीले आफ्नै उत्पादन व्यापार व्यवसाय उद्योग चलाउदै आएको बताउँदै यही माघ १४ गते काठमाडौँमा सी व्यापार केन्द्रको उद्घाटन गर्ने बताए । उनले देश बलियो बन्न सकेन भने व्यक्ति जति बलियो भए पनि अर्थ नराख्ने बताउँदै देश बलियो बनाउन उत्पादन र उद्योग धन्दाको विकास गरिनु पर्ने बताए ।
यसैगरी, महासचिव विप्लव सीले पार्टीले नयाँ संस्कृति सी संस्कृतिको विकास गर्दै गएको बताउँदै कम्युनिष्ट देशहरुमा यसको चर्चा चुलिदै गएको बताए । उनले साँस्कृतिक संघर्षमा जित्न नसके राजनैतिक संघर्ष जित्नुको अर्थ नहुने बताउँदै संस्कृतिको विकास गर्दै अगाडि बढ्नु पर्ने बताए ।
यसैगरी, सोहि कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका स्थायी समिति सदस्य रणविरले रचना र सृजनाको माध्यमबाट एकिकृत जनक्रान्तिलाई सम्पन्न गर्नु पर्ने बताउदै सकिदै गएको कम्युनिष्टलाई नेकपाले बचाउनु पर्ने जिम्मेवारी थपिएको बताए । उनले सुदूरपश्चिम क्रान्तिको उर्वरभूमि भएको बताउँदै अझै मलजल गरी क्रान्तिकारीहरु जन्माउन असल कार्यहरु गर्दै जानु पर्ने बताए ।

स्थायी समिति सदस्य रणवीर सीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन पार्टीका केन्द्रिय सदस्य समरले गरेका थिए भने उपस्थित नेता कार्यकर्ताहरुलाई स्वागत पोलिट ब्युरो सदस्य विकल्प सीले गरेका थिए ।


त्यसैगरी, उक्त कार्यक्रममा सुदुरपश्चिमका विभिन्न जिल्लाबाट २ दर्जन व्यक्तिहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।
नेकपामा प्रवेश गर्नेमा डोटी जिल्लाबाट नेकपा एमालेका पूर्व केन्द्रिय सदस्य एवं उपमेयर प्रेम बहादुर शाह, एमाले प्रदेश समिति सदस्य प्रेमसिंह नेपाली, माओवादी केन्द्र जिल्ला सदस्य मान बहादुर विकसहित प्रकाश थापा मगर, कमल रोकामगर, तारा सिंह रम्तेल र कमल घर्ती रहेका छन भने कञ्चनपुरबाट माओवादी केन्द्रिय सल्लाहकार कलबहादुर सार्की, रेडियो शुक्लाफाटाका सञ्चालक देवीदत्त ओझा, माओवादी जिल्ला सदस्य मदनसिंह धामी, थारु समुदायका बडघर कृष्ण चौधरी र चुकी चौधरी लगायत, हरी चौधरी, विक्रम राना, विजय राना, मोहनसिंह बिष्ट र दिनेश बिष्ट नेकपामा समाहित भएका छन् ।
त्यस्तै कैलालीबाट माओवादी केन्द्रका नरेश विक, बाधाराम चौधरी, दुर्केश चौधरी, पूर्व जनमुक्ति सेनाका तारा सिंह, हसिना चौधरी, चुन्नुलाल चौधरी र टिसन भुसाल तथा बैतडीबाट खेमराज भट्ट ‘अग्रीम’ नेकपामा समाहित भएको बताइएको छ ।
पार्टी कार्यकर्ता प्रशिक्षणको क्रममा धनगढी पुगेका नेकपा महासचिव विप्लव सीले पार्टीमा प्रवेश गर्नेहरूलाई स्वागत गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु