‘साम्राज्यवादले श्रमजीवीवर्गविरुद्ध षड्यन्त्र गरिरहेको छ’  

२०८१ माघ १२ गते, शनिबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड सीले साम्राज्यवादले श्रमजीवीवर्गविरुद्ध षड्यन्त्र गरिरहेको  ठोकुवा गरेका छन्।  शनिबार श्रमिक समुदाय मोर्चा नेपालको  सातौं केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।

उक्त बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले उत्पीडित वर्ग, समुदाय नै अन्तिमसम्म क्रान्तिकारी बनिरहन सम्भव भएको हुँदा आफ्नो मुक्तिका निम्ति उत्पीडित वर्ग र समुदायले दोब्बर मेहनत गर्नुपर्ने बताए    । उनले कसैको दयाले मुक्ति सम्भव नहुने भन्दै उत्पीडित वर्ग समुदायहरु एकता, ध्रुवीकरण र सशक्त संघर्षमा जुट्नुपर्नेमा समेत   जोड दिए  ।

यसैगरी,  प्रवक्ता प्रकाण्ड सीले उत्पीडित समुदायका अग्रजहरु राजनीति र सत्तामा नभएका कारण मुक्ति र सत्ता प्राप्तिका लागि थप मेहनत गर्नुपर्ने बताउदै क्रान्ति भनेको सम्भावना र चुनौतीको संयोजन भएको हुँदा सशक्तरुपमा उत्साही भएर अगाडि बढ्न सबैलाई आग्रह गरे । उनले क्रान्तिका लागि पार्टी संगठनलाई सुदृढ र बिस्तार गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरि सांगठनिक काम गर्न सबैलाई निर्देशन समेत दिए ।

प्रवक्ता प्रकाण्ड सीले आवश्यकतामा ध्रुवीकरण, एकता र मोर्चाबन्दी / सहकार्यलाई अगाडि बढाउनुपर्ने बताउदै बैठकका सहभागीलाई सोही अनुसार अगाडि बढ्न निर्देशनसमेत दिए ।

यसैगरी,   प्रवक्ता प्रकाण्ड सीले  नेपालमा साम्राज्यवादले नयाँ एजेन्ट  ल्याउन खोजिरहेको बताउदै  रविबाट नेपालमा आफ्नो स्वार्थ पूरा नहुने देखेपछि पश्चिमा शक्तिहरुले बालेन जस्ता पात्रहरूलाई अगाडि सारेको बताए  । उनले  स्वतन्त्र र अभियानताहरुको नामबाट साम्राज्यवादले श्रमजीवीवर्गविरुद्ध षड्यन्त्र गरिरहेकोले सचेत रहन समेत आग्रह गरे  ।

श्रमिक समुदाय मोर्चा नेपालका अध्यक्ष रामलाल सीको अध्यक्षतामा सम्पन्न उक्त बैठकले नेपालमा भैरहेको अमेरिकी साम्राज्यवादी हस्तक्षेपको भण्डाफाेर गर्ने  , श्रमिक समुदाय माथि गरिने विभेद विरुद्ध संघर्ष गर्ने ,  विभिन्न जनजीवन सुधार र भौतिक पूर्वाधार निर्माणका लागि संघर्ष गर्ने , पार्टीले गर्ने सबै संघर्षकाे कार्यक्रममा सक्रिय सहभागी हुने  संयुक्त संघर्ष उठान गर्ने  लगायतको निर्णय गरेको बताइएको छ । 

यसैगरी, उक्त  बैठकले    २०८२ बैशाख/जेठमा मोर्चाको सातौं रास्ट्रिय सम्मेलन सम्पन्न गर्ने गरि तयारी गर्ने , मोर्चा सदस्यता वितरण गर्ने ,  मोर्चा जिल्ला भेला तथा सम्मेलन सम्पन्न गर्ने ,  सुनचाँदी काढीगर, छाला-जुत्ता व्यवसायी, सिलाइ-कटाई व्यापारी, धातु मजदुर, कर्मचारी, बुद्धिजीवी र कलाकार लगायतका क्षेत्रमा मोर्चा संगठन निर्माण गर्ने  युवा, विद्यार्थी, मजदुर र महिला संगठनमा श्रमिक समुदाय विभाग निर्माण गर्न लगाइ मोर्चाले सहकार्य गर्नेलगायतका निर्णय समेत गरेको बताइएको छ। 

प्रतिक्रियाहरु

[anycomment]