दलाल पुँजीवादको विकल्प नेपाली विशेषताको समाजवाद

२०८१ माघ १५ गते, मंगलवार



काठमाडौँ । नेकपा कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले दलाल पुँजीवादको विकल्प नेपाली विशेषताको समाजवादमात्र भएको ठोकुवा गरेका छन् । समाजवादी मोर्चा नेपालद्वारा मंगलबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभार’ विषयक विचार सभालाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।


संयोजक विप्लव सीले वर्तमान राजनीतिक संकटको निर्विकल्प निकास समाजवाद नै रहेको ठोकुवा गर्दै भने- ‘ यो देशलाई दलाल पुँजीवादीको हातमा राखेर चुप लागेर बस्न सक्दैनौं । यो देशलाई विदेशीहरुको इसारामा उठ भन्दा उठ बस भन्दा बस भन्ने मान्छेहरुको जिम्मा लगाएर हामी बस्नेवाला छैनौं । हामी यो देशको माटोमा उभिएर यो देशको पहाडमा उभिएर गर्वका साथ भन्छौ । इतिहास नयाँ तरिकाले पुननिर्माण गर्न बाँकी छ । हामीले पञ्चायत ढाल्यौ हामीले गोलिले उडायौं, हामी गोलिले उड्यौं हामीसबै पचाएर आएका मान्छे हौं । दलाल पुँजीवादको झटारोबाट हामी तर्सिन जरुरी छैन् । दलाल पुँजीवादको रजाईबाट हामी तर्सिन जरुरी छैन । दलाल पुँजीवादबाट साच्चै देशलाई शान्ति दिने हो, स्थिरता दिने हो, स्वाधिनता दिने हो यसको निकास भनेको समाजवाद हो । आज यदी वैज्ञानिक समाजवाद सम्भव छैन् भने पनि त्यसमा हाम्रो सहमति बन्न सक्दैन भने समाजवादी पार्टीकोबीचमा समाजवादी विचारधाराबीचमा भव्य सहमति कायम गर्दै जुनसुकै क्षेत्रबाट होस् देशलाई अगाडि लैजान जरुरी छ ।’


यसैगरी, संयोजक विप्लव सीले नेपालको सरकार नेपाल राज्यको र जनताको बन्न नसकेको बताए । उनले नेपालको गणतन्त्र पनि जनताको गणतन्त्र बन्न नसकेको भन्दै नेपालको सरकार र नेपालको राज्यलाई जनताको सरकार र जनताको राज्यमा बदल्न आफूहरु लागिरहेको बताए । उनले भने- ‘सरकार हेरफेर होला, नहोला । त्यसमा हाम्रो धेरै चिन्ताको कुरा छैन । हामीलाई चिन्ता के छ भने यो सरकार नेपालको सरकार बन्न जरुरी छ । नेपालको सरकार, नेपालको राज्य, जनताको राज्य बन्न सकेको छैन । नेपालको गणतन्त्र जनताको गणतन्त्र बन्न सकेको छैन । यसलाई जनताको गणतन्त्र र जनताको राज्यमा बदल्ने सपना हामीले देख्नुपर्छ । त्यो क्षमता हामीसँग छ । त्यो हिसाबले समाजवादी मोर्चाले काम गर्ने छ।’
यसैगरी, संयोजक विप्लव सीले देशलाई दलालहरुको हातमा राखेर आफूहरु चुप लागेर बस्नेवाला नरहेको भन्दै देशलाई विदेशीहरुको इसारामा उठ भन्दा उठ र बस भन्दा बस गर्ने मान्छेहरुको जिम्मा लगाएर आफूहरु बस्न नसक्ने बताए । उनले अहिलेको अर्थतन्त्र देशको सुदृढ र सन्तुलित हुन नसकिरहेको,नागरिकहरुको जीवनपनि निकै कष्टकर भएको र देशमा उत्पादनको एकदमै ठूलो खडेरी परेको समेत ठोकुवा गरे

प्रतिक्रियाहरु

[anycomment]