समाजवादी मोर्चाले चैत्र २४ गते काठमाडौंमा वृहत् आमसभा गर्ने

२०८१ माघ १६ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ,नेकपा माओवादी केन्द्र , नेकपा (एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टीसम्मिलित समाजवादी मोर्चा नेपालले चैत्र २४ गते काठमाडौँमा वृहत् आमसभा गर्ने भएको छ। बुधबार अपरान्ह नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले चैत्र २४ गते काठमाडौंमा वृहत् आमसभा गर्ने निर्णय गरेको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले जानकारी दिए ।
यसैगरी, उक्त बैठकले देशभरका सातवटै प्रदेशमा बिचार सभा गर्ने , पहिले समाजवादी मोर्चा गठन भएका जिल्लामा नेपाल समाजवादी पार्टीलाई समाबेश गरेरे पुनरगठन गर्ने , पहिले समाजवादी मोर्चा गठन गर्न बाँकी रहेका जिल्लामा मोर्चा गठन गर्ने चैत पहिलो साता मधेश प्रदेशमा सभा गर्ने र उक्त सभाको त्तयारी गर्ने जिम्मा नेसपालाई दिने निर्णय गरेको बताइएको छ ।
यसैगरी, उक्त बैठकले नेकपा कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीलाई नै समाजवादी मोर्चा नेपालका संयोजकको जिम्मेवारीमा निरन्तरता दिने र विचार मिल्ने अन्य पार्टीलाई मोर्चामा ल्याउन अधिकतम पहल गर्ने निर्णय गरेको बताइएको छ ।
यसैगरी , उक्त बैठकमा मंगलबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभार’ विषयक विचार सभाको समिक्षा गर्दै पछिल्लो समय समाजवादी मोर्चाप्रति जनआकर्षण बढ्दै गएकाले मोर्चालाई राष्ट्रिय विकल्पको शक्तिमा उभ्याउने बिषयमा समेत छलफल भएको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]