नेकपा नेता अनिल सीद्वारा राजनीतिक भेटलाई तिब्रता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मधेस प्रदेशका इन्चार्ज अनिल सीले राजनीतिक भेटलाई तिब्रता दिएका छन। यसैक्रमा उनले मंगलबार मधेस प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहबीच भेटवार्ता गरेका छन । उक्त भेटवार्तामा जनसरोकारका विषयमा व्यापक छलफल भएको बताइएको छ । छलफलका क्रममा मुख्यमन्त्री सिंहले नेकपाको उत्पादन नीतिको प्रशंसा गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको नेता अनिल सीले बताए ।
यसैगरी, नेकपा नेता अनिल सीले मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री शेषनारायण यादव, बर्दिवास नगरपालिकाका मेयर प्रल्हाद क्षेत्री, बरिष्ठ अधिवक्ता मुकेशकुमार कार्की, बरिष्ठ फिजिसियन डाक्टर रामपरिक्षक यादव र बरिष्ठ लेखक तथा कवि रोशन जनकपुरी लगायतसँग भेटवार्ता गरेको बताइएको छ ।
भेटवार्तामा नेकपाको तर्फबाट केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य शीला यादव, नेकपा केन्द्रीय सदस्य पवन सी, इन्द्रदेव सीलगायत रहेका थिए । भेटमा जनसरोकार विषयमा ध्यानमा राखेर आपसी विमर्शलाई निरन्तरता दिने सहमति भएको बताइएको छ ।