महिला सहभागिता विना क्रान्ती असम्भव

२०८१ माघ २६ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा वागमती प्रदेश इन्चार्ज प्रकाण्ड सीले महिला सहभागिता विना क्रान्ती असम्भव भएको ठोकुवा गरेका छन्। शनिबार सो पार्टीनिकट अखिल नेपाल महिला संघ क्रान्तिकारीको वागमती प्रदेशको दोश्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।
प्रवक्ता प्रकाण्ड सीले देशमा आएको वर्तमान राजनतिक संकटको नयाँ ढंगले समाधान गर्न अखिल नेपाल महिला संघ क्रान्तिकारीको महत्वपूर्ण भूमिका हुने भएकोले सोही अनुसार अगाडि बढ्न महिला नेताहरुलाई निर्देशन समेत दिए। उनले पार्टीले समाजवादी अर्थतन्त्र निर्माण गर्न आगाडि सारेको नयाँ उत्पादन मार्गमा लाग्न आग्रह गर्दै पार्टीको उक्त नीति जनतामाझ स्थापित गर्न अखिल नेपाल महिला संघ क्रान्तिकारी डटेर लाग्नु पर्ने बताए ।
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले वर्तमान दलाल ससदीय व्यवस्थावाट महिला मुक्ति असम्भव भएकोले महिला मुक्तिका लागि समेत नेपाली बिशेषताको समाजवाद अनिबार्य भएको बताए। उनले नेपाली बिशेषताको समाजवाद स्थापना गर्न देशका तमाम क्रान्तिकारी , प्रगतिशील , सच्चा लोकतन्त्रवादीलगायत आम नेपाली महिलालाई एकजुट गराउने जिम्मेवारी अखिल नेपाल महिला संघ क्रान्तिकारीको काँधमा आएकोले सोही अनुसार आफ्ना कार्यक्रम अगाडि बढाउन निर्देशनसमेत दिए ।
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले विश्वका कुनै पनि क्रान्ति महिलाको सहभागिता विना सम्भव नभएको ठोकुवा गर्दै नेपालमा एकीकृत जनक्रान्ति पनि महिला सहभागिताविना सम्भव नहुने बताए । उनले महिला वर्ग सधैँ जित्ने वर्गका रुपमा स्थापित भएको बताउदै भने- ‘जनयुद्धमा हजारौं महिलाको सहभागिता रहेको थियो । उहाँहरुले ठूलो संघर्ष र बलिदान पनि गर्नुभएको छ । उहाँहरुको बलिदानका कारण नेपालमा महिलालाई ३३ प्रतिशत अधिकार प्राप्त भएको छ । हामीले संविधान निर्माणको क्रममा पनि ३३ प्रतिशतले महिलालाई सत्ताको मालिक बनाउन सकिदैन भनेका थियौै । हामीले महिलाको सहभागिता र अधिकार ५१ प्रतिशत हुनुपर्छ भनेका छौं । एमाले कांग्रेस त्यसमा तयार भएनन् । ’


यसैगरी, प्रवक्ता प्रकाण्ड सीले संघर्ष गर्ने क्रान्तिकारी महिलाहरु सत्ताबाहिर हुनु नेतृत्वमा देखिएको विचलनता मुख्य कारण भएको बताउदै भने- ‘ जनयुद्ध, एकीकृत जनक्रान्तिमा महिलाले गरेको संघर्ष र बलिदानका कारण कयौ मन्त्री बने । विद्यादेवि भण्डारी राष्ट्रपति बन्नुभयो, अहिले पनि उनीहरु तपाईंहरुकै योगदानका कारण सत्तामा छन् । तर हामी अझैं संघर्ष मै छौं । हाम्रो नेतृत्वको कमजोरीमा कारण हामी त्यो बेला हारेका थियौं । अब हामीसँग सहि नेतृत्व छ, त्यसैले अब हामी जित्छौं ।’
प्रवक्ता प्रकाण्ड सीले नेपालमा गणतन्त्र ल्याउन पनि महिलाको महत्वपूर्ण भूमिका रहेको बताउदै भने- ‘ कांग्रेस र एमालेलाई गणतन्त्रमा ल्याउन महिलाको ठुलो हात छ । गणतन्त्र क्रान्तिकारी महिलाहरुको भूमिकाले आएको हो । तर यो गणतन्त्र अहिले संकटमा छ , देश संकटको भूमरीमा छ । यहि स्थिति लामो समयसम्म गयो भने जनताले सहन सक्नेछैनन् । हामीले जिम्मेवारी पूर्वक, सचेतताका साथ संघर्ष गर्नुपर्ने छ । हामी एकीकृत जनजक्रान्ति पुरा गरेर अहिलेको दलाल पुँजीवादी राज्यसत्तालाई जनताको राज्यसत्तामा परिवर्तन गर्न संघर्षमा छौं । त्यसमा अखिल नेपाल महिला संघ क्रान्तिकारीको भूमिका निकै महत्वपूर्ण हुनेछ ।’

प्रतिक्रियाहरु

[anycomment]