अखिल नेपाल शिक्षक संगठन मधेस प्रदेश समिति गठन

२०८१ माघ २७ गते, आईतवार


काठमाडौँ । अखिल नेपाल शिक्षक संगठन मधेस प्रदेश समिति गठन भएको छ । मधेस प्रदेशमा रहेका शिक्षकहरुकाे शनिबार सम्पन्न भेलाले जगदीश रायको अध्यक्षतामा ११ सदस्यीय अखिल नेपाल शिक्षक संगठन मधेस प्रदेश समिति गठन गरेको हो । नेपाल कम्युनिस्ट पार्टीनिकट उक्त संगठनको भेलालाई सम्बोधन गर्दै नेकपाका स्थायी समिति सदस्य, मधेस प्रदेशका इन्चार्ज अनिल सीले शिक्षकहरु समाज परिवर्तनमा महत्त्वपूर्ण याेगदान गर्न सक्ने भएकोले अग्रणी भूमिका खेल्न अपिल गरे । उक्त भेलामा नेकपाका नेता शिला यादव, पवन सीलगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]