जनयुद्धबिरुद्धको वकवास असैह्य

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा वागमती प्रदेश इन्चार्ज प्रकाण्ड सीले जनयुद्धबिरुद्धको वकवास असैह्य हुने बताएका छन् । नेकपा काठमाडौद्वारा ३० औं जनयुद्ध दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले सो कुरा बताएका हुन् ।
प्रवक्ता प्रकाण्ड सीले नेपालमा जनयुद्ध नभएको भए देशमा अहिले पनि राजतन्त्र र सामन्तवाद सत्तामा रहिरने र संसदवादी पार्टीहरु राजासङ्ग घाँटी जोडेर जनतामाथी शासन गरिरहेका हुन्थे भन्दै जनयुद्ध नेपाली इतिहासको सबभन्दा उच्च र गौरवशाली विद्रोह भएको बताए । उनले जनयुद्धलाई हेर्ने र बुझ्ने कुरामा संसदवादी पार्टीहरुको द्वैत चरित्र देखाएको भन्दै जनयुद्ध जनताले आफ्नो अधिकारका लागि निस्वार्थ ढङ्गले गरेको बलिदानीपूर्ण आन्दोलन रहेको बताए । उनले भने- ”जनयुद्ध जनताले आफ्नो अधिकारका लागि निस्वार्थ ढङ्गले गरेको बलिदानीपूर्ण आन्दोलन हो, जनयुद्धले गर्दा नै राजतन्त्र र सामन्तवाद ढलेर गणतन्त्र आएको हो। जनयुद्धले स्थापित गरेका उपल्ब्धीहरुको उपभोग गर्ने तर जनयुद्धलाई हिंसात्मक भन्ने कुरा संसदवादी पार्टीका नेताहरुको दोहोरो चरित्र हो ।’
प्रवक्ता प्रकाण्ड सीले जनयुद्धले ल्याएको परिवर्तनकै कारण देशमा संघीय लोकतान्त्रिक गणतत्र स्थापना भएको र जनयुद्धकै कारण नेपालमा महिला राष्ट्रपति र प्रधान न्यायाधिश बन्न सफल भएको ठोकुवा गरे । उनले नेपालमा जनयुद्ध नभएको भए देशमा अहिले पनि राजतन्त्र र सामन्तवाद सत्तामा रहिरने र संसदवादी पार्टीहरु राजासङ्ग घाँटी जोडेर जनतामाथी शासन गरिरहेका हुन्थे भन्दै जनयुद्ध नेपाली इतिहासको सबभन्दा उच्च र गौरवशाली विद्रोह भएको बताए ।
प्रवक्ता प्रकाण्ड सीले कैयौं सहयोद्दा, आफन्त र कमान्डरहरु गुमाएर आएको माओवादीका लागि फागुन १ गते निकै संवेदनशील र भाबुक क्षण भएको उल्लेख गर्दै यदि समाजमा जबर्जस्त शोषण र दमनको शासन थुपार्ने गरिन्छ भने त्यसविरुद्ध जनताले विद्रोह गर्न सक्छन् र पाउँछन् भन्ने कुरा जनयुद्धले गर्दा नै स्थापित हुन पुगेको ठोकुवा समेत गरे ।

नेपाल कम्युनिस्ट पार्टी काठमाडौँका सेक्रेटरी चिरन्जीवी सीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन नेकपाका केन्द्रिय सदस्य दि आर सीले गरेका थिए । उक्त कार्यक्रमा नेकपाका नेता र कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो।