‘पार्टी र नेतृत्व  समस्या होइन, समाधान बन्नुपर्छ’

२०८१ फाल्गुन ३ गते, शनिबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा वागमती प्रदेश इन्चार्ज प्रकाण्ड सीले पार्टी र नेतृत्व  समस्या नभएर समाधन बन्नु पर्ने बताएका छन् ।  शुक्रबार  नेपाल कम्युनिष्ट पार्टी काभ्रेको चौथो आबधिक योजनाको  प्रथम बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। 

उक्त बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले   क्रान्ति भनेको सम्भावना र चुनौतीको संयोजन भएको हुँदा सशक्तरुपमा उत्साही भएर अगाडि बढ्न सबैलाई आग्रह गरे । उनले क्रान्तिका लागि पार्टी संगठनलाई सुदृढ र बिस्तार गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरि सांगठनिक काम इमान्दारी पुर्वक गर्न सबैलाई निर्देशन समेत दिए ।

प्रवक्ता प्रकाण्ड सीले देशको वर्तमान आवश्यकतामा ध्रुवीकरण, एकता र मोर्चाबन्दी / सहकार्यलाई अगाडि बढाउनुपर्ने बताउदै बैठकका सहभागीलाई सोही अनुसार अगाडि बढ्न निर्देशनसमेत दिए ।

यसैगरी,   प्रवक्ता प्रकाण्ड सीले  नेपालमा साम्राज्यवादले नयाँ एजेन्ट  ल्याउन खोजिरहेको बताउदै   स्वतन्त्र र अभियानताहरुको नामबाट साम्राज्यवादले श्रमजीवीवर्गविरुद्ध षड्यन्त्र गरिरहेकोले सचेत रहन समेत आग्रह गरे  । उनले बैठकमा सहभागी नेतालाई ऊर्जावान भएर पार्टीका आगामी योजना सत प्रतिशत लागू गराउने उद्देश्यका साथ अघि बढ्न निर्देशन समेत दिए ।

 यसैगरी,   प्रवक्ता प्रकाण्ड सीले समाजमा देखिएको निराशको प्रमुख कारण विद्यमान व्यवस्था भएको तथ्य प्रस्तुत गर्दै यसको विकल्पमा समाजवादी क्रान्ति देशको आवश्यकता भएको ठोकुवा गरे। उनले   २०८४ सालमा हुने निर्वाचन देश र जनताका विरुद्धको षड्यन्त्रको रुपमा हुन नदिन एकीकृत जनक्रान्तिको एउटा मोर्चाको रुपमा नेपाल कम्युनिष्ट पार्टी पनि ०८४ को निर्वाचनमा सहभागी हुने बताउदै  ०८४ मा हुने निर्वाचनको तयारी गर्न बैठकका सहभागी नेतालाई निर्देशन समेत दिए।

यसैगरी, उक्त बैठकलाई सम्बोधन गर्दै नेकपाको  केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज  विन्दु सीले पार्टीले अघि सारेको निर्णय कार्यान्वनमा प्रतिबद्धता जनाउदै बैठकमा सहभागी नेतालाई समेत सोहि अनुसार कार्य गर्न आग्रह गरिन।

यसैगरी, उक्त   बैठकमा जेल मुक्त अन्य जिल्लाबाट स्थानान्तरण भई आएका र धुर्विकरणमा आएका नेता – कार्यकर्तालाई  स्वागतसमेत  गरिएको  थियो।

नेकपा काभ्रेका सेक्रेटरी  जित सीको अध्क्षतामा बसेको उक्त   बैठकमा नेकपाका पोलिटब्युरो सदस्य  कान्छाराम सी ,केन्द्रीय सल्लाकार द्वय   दिपक सी ,  सिद्धि   सी, नेकपाका   केन्द्रीय सदस्य एवम जिल्ला ईन्चार्ज कमरेड बिन्दु सी,केन्द्रीय सदस्य  प्रताप सी,केन्द्रीय प्रतिनिधि सदस्य द्वय   पुर्णमान सी र राजेन्द्र सीलगायतको सहभागिता  रहेको थियो ।

यसैगरी ,  नेपाल कम्युनिस्ट पार्टी काभ्रेले ३० औ महान् जनयुद्ध दिवसको अवसरमा शुभकामना आदान प्रदान तथा धुर्विकरण कार्यक्रम आयोजना गरेको थियो।  उक्त  कार्यक्रमका प्रमुख अतिथि कान्छाराम सीले  ध्रुर्वीकरणमा जोडिएका बनेपाका कम्युनिष्ट नेता डा शिव श्रेष्ठ, चौरी देउराली गा पा –६ को तात्कालीन जनमोर्चा पार्टीका   गोबिन्द शीवभक्ति र खानिखोला –१ का    अजय लोप्चनलाई खादा र अविर लगाई स्वागत गरेका थिए ।

नेता कान्छाराम सी ले   विभिन्न राजनीति पार्टीहरुले समाजवादी धारलाई पन्छाएर प्रत्यक्ष राष्ट्रपति प्रणालीको मात्र वकालत गर्दै आएको भन्दै यसले जनताको वास्तविक समस्याको हल नगर्ने बताए  ।  उनले महान् जनयुद्धको क्रममा जीवनको आहुति दिने सहिदहरुको सपना, बलिदानर  संघर्षको  सार्थकता    नेकपाले मात्र पूरा गर्ने भएकोले सम्पुर्ण कम्युनिस्टहरु, देशलाई माया गर्ने देशभक्तहरु, श्रमिक जनताहरु नेकपाको झण्डामुनि गोलबद्ध हुन आव्हानसमेत  गरे  ।

 उक्त कार्यक्रममा नेकपाका  केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज  विन्दु सी, केन्द्रीय सल्लाहकार द्वय   दिपक जंगम सी,   सिध्दि  सी, केन्द्रीय प्रतिनिधि  कमरेड राजेन्द्र सी, कम्युनिस्ट नेता  संकर सी लेसमेत  शुभकामना दिएका थिए  । उक्त कार्यक्रममा महिला संगठन काभ्रेका  संयोजक   बिमला सीले स्वागत मन्तव्य राखेको थिइन् भने कार्यक्रमको संचालन केन्द्रीय प्रतिनिधि सदस्य   पुर्णमान सीले गरेका थिए। 

प्रतिक्रियाहरु

[anycomment]