‘जनताको सत्ता बन्न सकेन’ (भिडियोसहित )

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले राज्य सत्ता जनताको बन्न नसकेको ठोकुवा गरेका छन् । विहिवार रुकुम पश्चिमका समाजवादी मोर्चा नेपालका अगुवा कार्यकर्ताहरुसंगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठुकुवा गरेका हुन्।
महासचिव विप्लव सीले १० बर्षे जनयुद्धले सामन्तवादको अन्त्य गरेपनि देशमा जनताको सत्ता स्थापना हुन् नसकेको ठोकुवा गर्दै सत्ता दलालहरुको हातमा परेको बताए। उनले देशमा दलाल पुँजीवाद हावी भएको बताउदै यसले देशको समस्या समाधान गर्न नसक्ने ठोकुवा गर्दै भने- ‘एकपटक यो भन्दा राम्रो व्यवस्था नेपाली विशेषताको समाजवादमा देशलाई लैजानु पर्छ, समाजवादले मात्र देशको अग्रगामी निकास दिन सक्छ ।’
महासचिव विप्लव सीले देशको वर्मान संकट समाधानका लागि नेपाली विशेषताको समाजवाद अनिवार्य भएको बताउदै समाजवादी मोर्चा बनेको बताए। उनले नेपालका सबै कम्युनिष्टहरु एकताबद्ध भएर समाजवाद तिर जानुको बिकल्प नभएको बताउदै भने- ‘कांग्रेसले समेत समाजवादको कुरा गर्छ कांग्रेसको समाजवाद कस्तो हो ? एक, दुई, तीन लेखर ल्याउनु होस त्यसमा कम्युनिष्टहरुले भन्ने समाजवाद र कांग्रेसले भन्ने समाजवादमा वहस गरौं मिलेका कुरा एकठाउँमा ल्याउर देशलाई समाजवाद तिर लैजाऔं’ महासचिव विप्लवले भन्नु भयो, नत्र समाजवाद नभनौं, यदि समाजवादमा जाने नै हो भने समाजवाद भनौ ।’
महासचिव विप्लव सीले नेपालमा प्रयोग भएर असफल भएको राजतन्त्र फर्किने कुनै सम्भावना नभएको ठोकुवा गर्दै नेपाली जनता समाजवादको पक्षमा भएको बताए। उनले देशभक्त, प्रगतिशील,कम्युनिष्ट शक्तिहरु मिलेर समाजवाद स्थापन गर्नुको विकल्प नभएको ठोकुवा गर्दै देश, जनता र समाजवादलाई केन्द्रमा राखेर माओवादी घटक तथा समाजवादी मोर्चा भित्रका दलहरुको एकता गर्नुपर्ने बताए ।
महासचिव विप्लव सीले समाजवादका लागि एकपटक जनताको मत लिन नेकपा चुनावमा जान तयार भएको भन्दै आवश्यक परे समाजवादका लागि विद्रोह गर्न पनि नेकपा तयार भएको बताए । उनले एमाले कम्युनिष्ट शक्ति भएको भन्दै समाजवादमा जानका लागि कुनै दम्भ र घमण्ड नगरेर सहकार्य र एकतामा आउन आग्रहसमेत गरे ।