‘डोनाल्ड ट्रम्पले सहयोग रोकिदिदा दलालहरुमा हाहाकार मच्चिएको छ’

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीकी स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज शिलु सीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई दिने विभिन्न खाले सहायता रोकिदिदा नेपालमा हाहाकार मच्चिएको बताएकी छिन् । सनिबार काठमाडौंमा आयोजित गोरखा–काठमाडौं समाजवादी सम्पर्क मञ्चको प्रथम भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
ट्रम्प राष्ट्रपति भएपछि नेपालमा आउने सहयोग रोकिदा विभिन्न एनजीओ आईएनजीओ र त्यसमा निर्भर राजनीतिक दलहरुमा हाहाकार मच्चिएको बताईन । कार्यक्रमको प्रमुख अतिथिसमेत रहेकी उनले भनिन्, ‘६ सालदेखि नेपालमा जनताको शासन स्थापना गर्न कम्युनिस्टहरुले प्रयत्न गरे पनि गरिवको ब्यवस्था आएन । आजसम्म जसले सत्ताको नेतृत्व गरेपनि जनताको ब्यबस्था आउन सकेको छैन । जो जान्छ सत्तामा त्यही दलाल बनेर निस्कन्छ। यसले गर्दा देशमा युवा पलायन बढ्दो छ।’
उनले यो देशका सासकहरुले देश र जनताको हित नसोचेका कारण दक्ष युवा जनशशक्ति देशमा भबिष्य नदेखेर देश छोडेर गएको जिकिर गरिन् । उनले यी समस्याको समाधान नेकपाले भनेको नेपाली समाजवादमा हुने बताइन् । ‘यो व्यवस्थामा सबै मानिस समान हुन्छन् स्वास्थ्य सिक्षा निशुल्क हुन्छ । हरेक मान्छेले क्षमता अनुसारको काम पाउनेछन् । यसअघि जो सत्तामा गएपनि कि त खुङ्कार दलाल भएर निस्के, कित दलालहरुको प्रतिनिधि, यो सबै हुनुमा देशमा उत्पादन नहुनु हो र देश परनिर्भर हुनु हो ।’, उनले भनिन् ।
गोरखालीहरुको उत्शाहपूर्ण जमघटले भेलाको दुरगामी महत्व बढेको बताउदै उनले यो भेलाले समाजवादमा जान गोर्खालीलाई मार्ग निर्देशन गर्ने दाबी गरिन। उनले भनिन् ‘काठमाडौंका टोलटोलमा गोर्खाली छन् । ती सबै गोरखालीलाई यो अभियानमा जोड्न यो भेला सफल हुनेछ ।देशको सबै सम्यन्त्रमा गोरखालीहरुको पकड छ। ती सबैलाई जोडेर आन्दोलनमा अघि बढ्न सकियो भने समाजवादको निम्ति यो दर्बिलो खम्बा निर्माण हुनेछ।’
गोर्खालीको एकताले दलाल सत्तालाई धोस्त पार्दै नेपाली विशेषताको समाजवाद निर्माण गर्न सकिने बताउँदै यो भेलाले गोरखालीहरुलाई समाजवाद्को लहर सिर्जना गर्ने वातावरण सिर्जना गर्ने जिकिर गरिन् । अहिले जनताले खोजेको देशको सर्वस्विकार्य नेता विप्लव भएको बताउँदै नेकपाले राष्ट्रघाती एमसीसी खारेज गर्न निरन्तर आवाज उठाउँदा अमेरिका सुन्ने ठाउँमा पुगेको बताइन् ।
पार्टीले ८४ को निर्वाचनमा जाने नीतिको पक्षलिदै अहिले परिस्थिति बदलिएको बताइन् । अब नयाँ तरिकाले लड्नुपर्ने बताउँदै उनले भनिन्, ‘नेकपाले चुनाव लड्ने निर्णय गरेको छ । यीनिहरु लड्न मात्र जान्या छ्न् । प्रतिस्पर्धावाट डराउछन भन्ने दलालहरुको भ्रमलाई चिर्न पार्टी जनतासँग एकाकार गर्न ८४ को निर्वाचनमा जान्छ । परिणाम पनि राम्रो ल्याउछौँ।’
नेकपाले जुन किसिमले आत्मा निर्भर अभियान चलाएको छ यसबाट पार्टीलाई चन्दामुक्त बनाउने उनको जिकिर थियो । पहिलो पार्टीका नेता कार्यकर्ताहरुलाई आत्मानिर्भर बनाउने त्यसपछि सिङ्गो देशलाई आत्मानिर्भर बनाउने योजना पनि उनले सुनाएकी थिइन् । आफ्नै उत्पादन हुँदा जसले नाकाबन्दै गरेपनि, आयात रोकेपनि खानकै लागि नेपाली जनताले कसैसँग हात फैलाउन जानू नपर्ने बताइन् ।
‘त्यसका निम्ति देशका देशभक्त, कम्युनिस्ट क्रान्तिकारी, समाजवादी, विशेषगरी माओवादी घटक हरेक पार्टीभित्रका देशभक्त समाजवादका अनुयायीहरु बुद्धिजीवी, राष्ट्रिय पुजीपति उद्दोगीहरु एकसाथ अगि बढ्नुपर्छ यसरी अघिबड्दा दलाल सत्ताको अन्त्य र नेपाली विशेषताको समाजवाद स्थापना गर्नबाट कसैले रोक्न सक्दैन ।’, उनले भनिन् ।
नेकपा केन्द्रीय सदस्य तथा गोर्खा जिल्ला इन्चार्ज कपिल सीको अध्यक्षतामा भएको भेलाले राजकुमार सीको नेतृत्वमा २७ सदस्यीय कार्यसमिति चयन गरेको छ । अनोज सीले संचालन गरेको कार्यक्रममा नेकपा केन्द्रीय सदस्य जीवन्त सी, बरिष्ठ अधिवक्ता कपिलचन्द्र पोखरेल, सामाजवादी सम्पर्क मञ्चका केन्द्रीय महासचिव सुशील सी, समाजवादी मजदुर संगठनका अध्यक्ष टेक सीको आतिथ्यता रहेको थियो । -शाहस भट्ट