राजनीतिसंगै आर्थिक क्रान्तिलाई नजोडेसम्म देशको स्वाधीनता र आत्मनिर्भर असम्भव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले राजनीतिक क्रान्तिसगै आर्थिक क्रान्तिलाई नजोडेसम्म देशको स्वाधीनता र आत्मनिर्भर सम्भव नभएको ठोकुवा गरेका छन् । नेकापाको केन्द्रीय कार्यलयद्वारा जुम्लामा आयोजित स्याउँका बिरुवा रोपण कार्यक्रमको उद्घाटन गर्दै सो ठोकुवा गरेका हुन् ।
महासचिव विप्लव सीले नेकपाले हावापानी र मौसमअनुसारको फलफुल बालीनाली उत्पादन गरिरहेको बताउदै- ‘अहिले हाम्रा नेताकार्यकर्तालाई देशैभर खानकै लागि कहिकतै माग्नुपर्ने अवस्था छैन, देशैभर सबै नेता कार्यकर्ता उत्पादनमा लागेका छौ ।’
महासचिव विप्लव सीले पहिला नेता र कार्यकर्तालाई कृषि उत्पादनमा जोड्ने र त्यसपछि देशभरका जनतालाई कृषि क्रन्तिमा जोडेर देशलाई आत्मनिर्भर बनाउने योजना रहेको सुनाए ।
महासचिव विप्लव सीले स्याउँका बिरुवा रोप्न जग्गा उपलब्ध गराउने हिमा गाउपालिका ७ धांचुगाउँकि कृष्ण कौडा शाहीलाई धन्यवाद दिदै भने- “उहाँ शाहीद परिवार पनि हुनुहुन्छ, उहाँले हामीलाई जग्गा उपलब्ध गराउनु भयो, विषेश धन्यवाद छ”, ।
महासचिव विप्लव सीले स्याउँ रोपन कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिए ।
उक्त स्याउँ रोपन कार्यक्रममा नेकपाका महासचिव विप्लव सी, स्थायी कमिटी सदस्य विषम सी, भरत सी सुशील सी, पोलिटब्युरो सदस्य असल सी, भेषराज सी लगायत केन्द्रीय सदस्यहरु, केन्द्रीय प्रतिनिधि सदस्यहरु, युवा, विद्यार्थि, पत्रकार, र नेताकार्यकर्ता कार्यकर्ता र स्थानीय जनताहरुको उपस्थिती रहेको थियो ।