‘समाजवाद ल्याउन उत्पादन क्रान्तिलाई जोड्नै पर्छ’

२०८१ फाल्गुन १३ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले समाजवाद ल्याउन उत्पादन क्रान्तिलाई जोड्नै पर्ने बताएका छन । नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय समितिद्वारा साेमबार कालिकोटको फाेइमा आयोजित स्याउ रोपन कार्यक्रमको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्।
महासचिव विप्लव सीले कुनै पार्टी र नेताले उत्पादन विनाको क्रान्तिको कुरा गर्छ भने त्यो सफल नहुने ठोकुवा गर्दै समाजवाद ल्याउन उत्पादन क्रान्तिलाई जोड्नै पर्ने बताए। उनले भने- ‘३ बर्षमा पार्टीलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएका थियौँ तर डेढ बर्षमै पार्टीलाई आत्मनिभर बनाउनेतिर पुगेका छौँ । त्यसैको निरन्तरतामा जुम्ला र कालिकोटमा स्याउ राेप्दैछाैं ।
उक्त कार्यक्रममा महासचिव विप्लव सीले सहभागी सबैको हात हातमा स्याउका विरुवा समात्न लगाएर “स्याउ राेप्याे, देश बनाऊ” भन्ने नारा दिएर स्याउको विरुवा खनेको खाल्डोमा हालेर आफै रोप्न सुरू गरेका थिए ।
नेकपा माओवादीका नेता गणेश शाहीले उक्त स्याउ रोपन कार्यक्रममा सहभागिता जनाउदै नेकपा कृषि क्रान्ति स्वागतयोग्य भएको भन्दै धन्यवाद दिए । उनले रूपान्तरणसहितको माओवादी एकता र विप्लवलाई माओवादीको नेतृत्व गर्नपनि आग्रहसमेत गरे ।

प्रतिक्रियाहरु

[anycomment]