‘गणतन्त्र उल्ट्याउन खोजे ०५२ साल ब्यूतन्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले गणतन्त्र उल्ट्याउन खोजे ०५२ साल ब्यूतने बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी कालिकोटले बुधबार रास्कोटको आरसीपी बजारमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
महासचिव विप्लव सीले पछिल्लो समय गणतन्त्रबिरुद्ध बिभिन्न कोणवाट षडयन्त्र हुन् थालेको बताउदै गणतन्त्र उल्ट्याउन खोजे ०५२ साल ब्यूतने बताए।
महासचिव विप्लव सीले जनयुद्धले सामन्तवादको रजाइँ समाप्त पारिदिएको बताउदै भने- ‘जनयुद्ध नभएको भए अझैं एक सय वर्षसम्म नेपालमा सामन्तवादीहरुको रजाइँ चल्थ्यो। ‘
महासचिव विप्लव सीले सर्वोच्च अदालतलेसमेत राजनीतिक विषयमा प्रवेश गरेर जनयुद्धमाथि नकारात्मक भाष्य बनाउने खोजेको भन्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड’प्रधानमन्त्री भएको बेला जनयुद्ध दिवसमा विदा दिएको विषयलाई अदालतले गरेको व्याख्यामा आपत्तिजनक भएको बताए ।