‘समाजवाद बिना समृद्धिको परिकल्पना गर्न सकिदैन’

२०८१ चैत्र ५ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले समाजवादमा नपुगुन्जेल नेपालमा समृद्धिको परिकल्पना गर्न नसकिने ठोकुवा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी झापाद्वारा मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।
महासचिव विप्लव सीले देश पछाडी फर्किन नसक्ने प्रस्टयाउदै अबको निकास सामाजवादी गणतन्त्र भएको ठोकुवा गरे । उनले जनता राजतन्त्र तर्फ फर्कन नचाहेको प्रस्टयाउदै समाजवाद निर्माणका लागि सबै दलहरु तयार हुनुपर्ने बताए ।
यसैगरी, राजतन्त्रको राजनीतिक औचित्य नभएको भन्दै राजतन्त्र पुनस्र्थापनाको कुरा विदेशी शक्ति केन्द्रहरुको चलखेल भएको ठोकुवा गरे । उनले भने-‘अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुले हाम्रो भूराजनीतिमा चलखेल गर्दाखेरी राजतन्त्रको विषय अलि प्रखर भएर आएको जस्तो देखिन्छ , त्यो त्यति सहज छैन। राजतन्त्र पुनस्र्थापना हुने कुरा राजनीतिक औचित्य पुष्टि हुदैन । राजतन्त्रको राजनीतिक औचित्य देख्दैनौ । राजतन्त्र आयो भने के दिने हो त ? अहिलेको अस्थिरता, असमान्ता र विभेदहरुलाई राजतन्त्रले कसरी सम्बोधन गर्छ त ? नयाँ दृष्टिकोण के हो ? राष्ट्रपतिको ठाउँमा राजा भए मात्र पुगिहाल्ने हो या त्यसले नेपालको अहिलेको जनताको वितृष्णालाई सम्बोधन गर्ने राजनीनिक आािर्थक कार्यक्रम लिएर आउने हो ? यो त केही पनि छैन । यो त भावआभेसमा कुदिरहेको देखिरहेका छौ । यसको पछाडि अन्तर्राष्ट्रिय शक्ति केन्द्रको आफ्नो स्वार्थ पूर्ति गर्ने चलखेल छ । यो चाहि गम्भीर छ ।
यसैगरी, महासचिव विप्लव सीले अबको विकल्प नेकपाले मात्रै दिन सक्ने ठोकुवा गरे। उनले नेपालमा वैदेशिक सहायताका नाममा गरिने हस्तक्षेप स्वीकार्य नरहेको भन्दै एमसीसी बन्दकोमा अमेरिकालाई धन्यवाद दिए । उनले बीआरआई विरुद्ध गरिबीनिकारण र विकाससंग जोडिएकाले आफुहरुले समर्थन गरेको उल्लेख गर्दै सर्वभौम तथा सैन्य हस्तक्षेप हुने कुनै पनि सहयोगको आफुहरुले विरोध गर्ने बताए ।

यसैगरी, महासचिव विल्पव सीले सरकार पटक–पटक ढल्ने अवस्थाका कारण देशमा आर्थिक भार बढेको बताए। उनले भने- “हामीले तिरेको करको लाभ सानो समूहले मात्र लिइरहेको छ, जनताले भने सधैं समस्यामै पिरोलिनुपरेको छ। सरकार ढल्नेबित्तिकै प्रदेश सरकार पनि अस्थिर हुने अवस्थाले विकास अवरुद्ध भएको छ। यस्तो अवस्था अब अन्त्य गर्नुपर्छ।”
महासचिव विल्पव सीले स्थिर राजनीतिक प्रणालीको खोजी आवश्यक रहेको बताउँदै पाँच वर्षसम्म एउटै सरकार टिक्ने संरचना आवश्यक भएको बताए । उनले अस्थिर राजनीतिक प्रणालीले देशको विकास अवरुद्ध गर्नुका साथै जनतालाई निराश बनाएको ठोकुवा गरे ।

यसैगरी, महासचिव विल्पव सीले नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक रहेको भन्दै ५ वर्षसम्म चल्ने एउटा प्रणाली परिकल्पना गर्न जरुरी रहेको बताए । उनले भने- ‘आर्थिक क्षेत्रमा क्राइसिस भयो, राजनीतिक क्षेत्रमा पनि अराजकता, अस्थिरता सिर्जना गरेको छ । पहिला राजनीतिक स्ट्रक्चरमा नयाँ ढंगले सोच्नुपर्छ । नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक रहेको छ । यस्तो अस्थिरता थेग्न सक्दैन । ५ वर्षसम्म चल्ने एउटा प्रणाली परिकल्पना गर्नैपर्छ।’
यसैगरी, महासचिव विल्पव सीले नेपालको राजनीतिक भविष्यलाई सुनिश्चित गर्न नयाँ शासकीय स्वरूपबारे बहस आवश्यक रहेकोबताउदै भने- “अब नयाँ ढंगले सोच्ने बेला आएको छ। स्थिरता नभएसम्म देश समृद्ध हुन सक्दैन। नेपालमा स्थायित्व कायम गर्न विभिन्न मोडेल अपनाउन सकिन्छ। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, संसदीय प्रणालीमा सुधार, वा दलफेर्न नपाइने कानुनी व्यवस्था जस्ता विकल्पहरूमाथि बहस आवश्यक देखिन्छ।’


यसैगरी, महासचिव विल्पव सीले झापा इञ्चार्ज सुमन सीले दिएको सुस्ता र दोधराचाँदीको माटो मिसाएर पार्टी कार्यकालयमा विरुवा रोप्दै देशको स्वाधिनता र राष्ट्रिय अखण्डताका विषयमा डटेर लड्ने बताए । उनले झापा राजनीतिक दृष्टिकोणले धेरै महत्व राख्ने जिल्ला भएकाले आफ्नो झापा बसाईँका क्रममा सवै क्षेत्रका नागरिकसँग साक्षात्कार गर्दै मुलुकको निकाशका लागि नेकपाले आगामी बाटो तय गर्ने बताए ।

प्रतिक्रियाहरु

[anycomment]