देशको चरम संकटकाे समाधान नेपाली विशेषताको समाजवाद

२०८१ चैत्र ३० गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले देश अहिले चरम संकटबाट गुज्रिरहेको र यसको समाधान नेपाली विशेषताकाे समाजवाद भएको बताएका छन् ।
कपिलवस्तुमा नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयमा लुम्बिनी प्रदेशको बैठक तथा युवा संगठन नेपालको सचिवालयकाे बैठकमा प्रशिक्षण दिँदै उनले यसको समाधान नेपाली विशेषताको समाजवाद भएको उल्लेख गर्दै अहिलेका राजनीतिक दलहरू यथास्थितिवादी भएकाले यही व्यवस्था टिकाउन लागिरहेको आरोप लगाए ।
महासचिव विप्लव सीले थप भने, “यही यथास्थितिवादी कारणले गर्दा नै राजावादीहरूको सक्रियता बढेको छ । तर राजतन्त्रले अहिलेको संकट समाधान गर्न सक्दैन । अहिलेको समाधान भनेको नेपाली विशेषताको समाजवाद नै हो ।”
आफ्नो अभियानको अनुभव सुनाउँदै महासचिव विप्लव सीले पूर्वदेखि पश्चिमसम्म पुग्दा जनता नेकपा देखेर निकै आकर्षित भएको बताए । उनले उद्योगी, बुद्धिजीवीहरू पनि पार्टीमा आउने क्रम बढेको र नेकपामा ध्रुवीकरणको सम्भावना रहेको जानकारी दिए ।
बैठकमा महासचिव विप्लव सीले आर्थिक दृष्टिकोणबारे पनि छलफल गरेका छन् । उनले नयाँ आर्थिक ढाँचाबाट पार्टीलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिँदै चन्दाबाट पार्टीलाई मुक्त गर्नुपर्ने विचार व्यक्त गर्दै भने- “एकचोटि अर्थतन्त्रले राजनीतिक कमान गर्नुपर्छ। ”
महासचिव विप्लव सीले सबै एकजुट भएर लागेमा ४-५ वर्षभित्र देशलाई आर्थिक रूपमा नयाँ स्वरूप दिन सकिने विश्वास व्यक्त गरे ।
उक्त बैठक लुम्बिनी प्रदेशका सचिवालय सदस्यहरू र युवा संगठन नेपालको सचिवालय सदस्यहरूलाई संयुक्त प्रशिक्षण दिने उद्देश्यले आयोजना गरिएको थियो । -समर झुसे

प्रतिक्रियाहरु

[anycomment]