गणतन्त्रको रक्षाको लागि समाजवादी गणतन्त्र अनिबार्य

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले गणतन्त्रको रक्षाको लागि समाजवादी गणतन्त्र अनिबार्य भएको ठोकुवा गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी बागमती प्रदेशको बिस्तारित बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले सो ठोकुवा गरेका हुन्।
उक्त बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले गणतन्त्रको रक्षाको लागि समाजवादी गणतन्त्र अनिबार्य भएको बताउदै साम्राज्यवादीहरुको डिजाइन र प्रतिगामी र दलाल पुँजीवादी तत्वहरुको गठजोडमा देशमा गम्भीर संकट निम्त्याउदै देशलाई अशान्तितिर धकेल्न खोजेको ठोकुवा गरे । उनले यसवाट देश र जनतालाई बचाउने जिम्मा नेपाल कम्युनिस्ट पार्टी र यसको नेतृत्वको भएको बताए।
उक्त बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले एकीकृत जनक्रान्तिको अहिलेको मोर्चा भनेको प्रतिगमन र यथास्थितिवादका बिरुद्धको मोर्चा भएको बताउदै देशलाई द्वन्द्वतिर लैजाने खोजेको र त्यसलाई रोक्न प्रतिबद्ध भएर लाग्नु पर्ने बताए । उनले भने- ‘अहिले गणतन्त्रको खिलाफमा हर्कत र बिभिन्न गतिविधि भैराखेका छन् । देशलाई द्वन्द्वबाट बचाउनका निम्ति सबै कम्युनिस्ट , क्रान्तिकारी राजनीतिक दल एक हुनुपर्छ । ’

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीको अध्यक्षतामा बसेको उक्त बैठकले नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर अप्रिल २२ मा काठमाडौँ केन्द्रियस्तरको ध्रूबिकरण कार्यक्रम आयोजना गर्ने र आगामी बैशाख महिनामा बागमती प्रदेशका प्रत्येक जिल्लाले कम्तिमा एक-एकवटा ध्रूबिकरण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको बताइएको छ।
यसैगरी, उक्त बैठकले बागमती प्रदेशका प्रत्येक जिल्ला र जनबर्गिय संगठनले यथास्थिति र प्रतिगामी षड्यन्त्रबिरुद्ध र समाजवादको पक्षमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको बताइएको छ।
यसैगरी, उक्त बैठकले जनसम्बन्ध सुधारका लागि पार्टी समर्थक सदस्यता कार्ड बितरण गर्ने , बागमती प्रदेश अन्तर्गतका मुख्य अस्पताललगायत काठमाडौँ उपत्यकाका पाटन अस्पताल , क्यान्सर अस्पताल , बीर अस्पताल , शिक्षण अस्पताल र गंगालाल अस्पतालमा सहायता कक्ष राख्ने निर्णय गरेको बताइएको छ।
यसैगरी, उक्त बैठकले बागमती प्रदेशका बिभिन्न जिल्ला वाट कामको सिलसिलामा काठमाडौँ आएका जनतालाई संगठित गर्दै पारीमा जोड्न पराएक जिल्ला वाट एक एक जना सदस्य रहने गरी प्रवक्ता प्रकाण्ड सीको अध्यक्षतामा साधारण शाखा गठन गर्ने निर्णय समेत भएको बताइएको छ।
यसैगरी, उक्त बैठकले यथास्थिति र प्रतिगामी षड्यन्त्रबिरुद्ध र समाजवादको पक्षमा संघर्ष चर्काउने र आगामी बर्षे बाली उत्पादन कार्यलाई अगाडी बढाउने समेत निर्णय गरेको बताइएको छ।