वर्तमान राजनीतिक संकटको निकास बैज्ञानिक समाजवाद

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इञ्चार्ज अनिल सीले वर्तमान राजनीतिक संकटको निकास बैज्ञानिक समाजवादमात्र भएको ठोकुवा गरेका छन् । आइतबार नेकपा पर्साको बैठकलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेक हुन् ।
नेता अनिल सीले राजावादीहरुलाई दिल्लीले नुनपानी खान दिएर काठमाडौँमा उफारेको ठोकुवा गर्दै चिहानमा गाडेको राजा नामको भूतप्रेत नफर्कने बताए। उनले पूर्वपन्चहरुको पश्चगमन र दलाल पुँजीवादको यथास्थितिले देशको राजनीतिक संकटको समाधान गर्न नसक्ने ठोकुवा गर्दै यसको निकास बैज्ञानिक समाजवाद मात्र भएको बताए।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा पर्साका सेक्रेटरी फिरिज सीको अध्यक्षतामा बसेको उक्त बैठकमा नेकपा पर्साका इन्चार्ज जनक सी लगायतको उपस्थिति रहेको थियो।