नेकपा जनताको आशा र भरोसाको केन्द्र

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले नेकपा जनताको आशा र भरोसाको केन्द्र बन्दै गएको ठोकुवा गरेका छन। सो पार्टीद्वारा मंगलबार १५६ औं लेनिन जयन्ती तथा ७७ औं कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा आयोजित बृहत ध्रुविकरण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले सो कुरा बताएका हुन् ।
महासचिव विप्लव सीले देशका उद्योग , ब्यबसायी , सुकुम्बासीलगायत हरेक क्षेत्रका पीडितले नेकपलई सम्झने गरेको तथ्य प्रस्तुत गर्दै नेकपा जनताको आशा र भरोशाको केन्द्र बन्दै गएको ठोकुवा गरे। ।
यसैगरी, महासचिव विप्लव सीले राष्ट्रको वास्तविक स्वतन्त्रता, समृद्धि र परिवर्तनका लागि आत्मनिर्भरता अनिवार्य शर्त भएको बताए । उनले परनिर्भर मानसिकता र विदेशी सहायता माथिको आश्रित प्रणालीले देशलाई कमजोर बनाएको ठोकुवा गर्दै भने- “अरुसित भिख मागेको खाएर युद्ध जितिन्न। युद्ध जित्नलाई त आफैमा आत्मनिर्भर र सक्षम हुन आवश्यक छ।”
महासचिव विप्लव सीले आर्थिक, सामाजिक तथा राजनीतिक क्षेत्रको समुन्नतिका लागि नेपाली जनताले अब परनिर्भरताको परम्परा त्याग्नुपर्ने आवश्यकता औंल्याउदै भने, “अरु देश वा राष्ट्रसँग मागेर खाने परम्परा गलत हो। अब हामी आफै गरेर खान सिक्नुपर्छ।”
यसैगरी, महासचिव विप्लव सीले आत्मनिर्भर अर्थतन्त्र, स्वदेशी उत्पादन र श्रमको सम्मानमा आधारित समाज निर्माण गर्नुपर्नेमा जोड दिदै नेपालजस्तो समृद्ध प्राकृतिक स्रोत साधन भएको देशले आफ्नो आवश्यकता आफैं पूरा गर्न नसक्नु दुर्भाग्यपूर्ण भएको बताए।
यसैगरी, महासचिव विप्लव सीले जनता आर्थिक र वैचारिक हिसाबले पनि स्वतन्त्र र सक्षम राजनीतिक क्रान्तिको लक्ष्य पूर्ण हुने बताए । उनले नेपाली जनतालाई स्वाभिमानी, उत्पादक र सिर्जनशील बन्न आह्वान गर्दै वैदेशिक अनुदानमा टेकेर बाँच्ने प्रवृत्तिको बिरोध जनाए ।
यसैगरी, महासचिव विप्लव सीले प्रतिगामी तथा यथास्थितिवादीहरुको हर्कत विरुद्ध संकेत गर्दै भने- “राजासाजा कोहि पनि आउदैन, सरकार र संसदवादी पार्टीहरुले आफ्नो अर्बौं भ्रष्टाचार र रास्ट्रघात लुकाउने बहाना हो। देश आर्थिक राजनीति संकटमा छ त्यसको अग्रगामी निकास भनेको समाजवादी गणतन्त्र हो,सरकार परिवर्तन होइन । विद्यमान संकट समाधानमा हारेको प्रतिगामी शक्तिले राजतन्त्र र हिन्दू रास्ट्रलाई निकासको बाटो भन्छ, ससदवादीहरु यथास्थितिद्वारा सत्ता र शक्ति जोगाउन खोज्दैछन् भने हामीहरु अग्रगामी परिवर्तन र समाजवादी आर्थिक राजनीतिक कार्यक्रम बाहेक अरु विकल्प छैन भन्छौं। ”
यसैगरी, महासचिव विप्लव सीले प्रधानमन्त्री ओलीले शिक्षकहरुको हुर्मत लिने काम गरेको भन्दै सरकार गैरजिम्मेवार र अमानवीय भएको बताए । उनले सरकार हदै दर्जाको गैरजिम्मेवार किन भएको भन्दै शिक्षक आन्दोलन तीन करोड जनताको सरोकारसङ्ग जोडिएको बिषय भएको बताए ।
महासचिव विप्लव सीले शिक्षकहरुका जायज माग सम्बोधन गर्नुको सट्टा हुर्मत लिने,भ्रष्टाचार लुकाउने,सार्वजनिक शिक्षा अस्तव्यस्त बनाउने तर निजी स्कुलहरु धमाधम चलिरहेको भन्दै सरकार भ्रष्टाचार र कुशासनमा डुबेको बताए ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेकपा (माले) का केन्द्रीय सदस्य तिलक न्यौपानेसहित ९ जना सम्पर्क मञ्चबाट, एमालेका राजु नेपालीबाट ४ जना, एसएस कलेज कीर्तिपुरबाट नेकपा ध्रुवीकरणका वसन्त रावलसहित ७ जना, स्वतन्त्र देशभक्त राजनैतिक मञ्चका अध्यक्ष तेजप्रसाद बुढासैनी र उपाध्यक्षसहित १० जना, नेपाल तेस्रो च्याउ विज्ञ ऋषि लाल तामाङ, नेपाली कांग्रेसका क्षेत्रीय समिति सदस्य तथा राष्ट्रिय अनुसन्धान विभागका पूर्व एसपी वीरबल थापासहित ४ जना गरी जम्मा ७७ जना नेता तथा कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्।

उक्त कार्यक्रममार्फत नेकपामा ध्रूबिकृत भएका नेकपा (माले) का केन्द्रीय सदस्य तिलक नौपानेले २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टी विभाजन र टुटफुटको बाटोमा हिँडेको स्मरण गर्दै पुष्पलाल श्रेष्ठको पालामा पनि पार्टी फुटेको बताए। उनले अब सबै कम्युनिस्टहरू एक हुनुपर्नेमा जोड दिँदै माथिका नेताहरू नमिल्दा पनि तल्लो तहका नेताहरू मिल्नुपर्ने अनुभव सुनाए।
यसैगरी, श्रमजीवी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य नवराज भट्टले आफ्नो जीवनकालमा माओवादी केन्द्रविरुद्ध विभिन्न पार्टी फुटेको उल्लेख गर्दै १८ पटक माओवादी घटक भएको बताए। उनले नेपाली विशेषतासहितको समाजवादले सबै कम्युनिस्टहरूलाई एक ठाउँमा ल्याउन नेपाल कम्युनिस्ट पार्टीले नेतृत्व गर्नुपर्ने बताए ।