क्रान्तिकारी ध्रूबिकरण अनिबार्य

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले देश र जनताको मुक्तिको लागि क्रान्तिकारी ध्रूबिकरण अनिबार्य भएको बताएका छन् । सो पार्टीद्वारा १५६ औं लेनिन जयन्ती तथा ७७ औं कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा आयोजित बृहत ध्रुविकरण कार्यक्रमको समिक्षा बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

प्रवक्ता प्रकाण्ड सीले १५६ औं लेनिन जयन्ती तथा ७७ औं कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा नेकपाद्वारा आयोजित ध्रूबिकरण कार्यक्रम भिन्न प्रकृतिको रहेको बताउदै राष्ट्र र जनताको जीवनमा गम्भीर संकट पैदा भएकोले यसको समाधानको लागि सम्पूर्ण कम्युनिस्ट,क्रान्तिकारी र प्रगतिशील दल र नेता एकजुट हुनुको बिकल्प नभएको बताए । उनले साम्राज्यवादी रणनीति र प्रतिगामी सामन्ती तत्वहरुले मच्चाएको अराजकता र आतङ्कका विरुद्ध अग्रभागमा रहेर प्रतिवाद गर्ने पार्टी पनि नेपाल कम्युनिस्ट पार्टी भएको बताउदै सोहि बमोजिम अगाडि बढ्न निर्देशमसमेत दिए ।

प्रवक्ता प्रकाण्ड सीले देशको अस्तित्वनै खतरामा पार्ने कहालीलाग्दो अवस्थाबाट देश र नेपाली जनतालाई मुक्त पार्नु अहिलेको राष्ट्रिय आवश्यकता र जनचाहना भएको बताउदै दलाल संसदीय व्यवस्था र दलाल राज्य संचालकहरुको अन्त्य अनिबार्य भएको बताए ।