श्रम र समयको सहि प्रयोग र परिचालन हुन नसक्नु नै आर्थिक बिकासको प्रमुख समस्या

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले श्रम र समयको सहि प्रयोग र परिचालन हुन नसक्नु नै आर्थिक बिकासको प्रमुख समस्या भएको ठोकुवा गरेका छन् ।
शुक्रबार घोडाघोडी क्याम्पसद्वारा आयोजित `अकेडिमीया इन्डस्ट्री डाइलग´कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले सो ठोकुवा गरेका हुन्। उनले बिदेशीहरुले बनाएको पाठ्यक्रमले मात्रै नेपालको आर्थिक बिकासको दिशानिर्देश संभव नहुने बताउदै भने- “हामीले विद्यार्थीलाई शास्त्रीय अर्थशास्त्र पढाउदै आएका छौं तर त्यतिले मात्रै देश ले समृद्धि प्राप्त गर्न सकेन-” बिप्लवले भन्नु भयो- “यसको मुख्य कारण हामी सङ्ग भएको श्रम र समयको प्रयोग र परिचालन हुन सकेन , यो नै हाम्रो आर्थिक बिकासको प्रमुख समस्या हो।”
महासचिव विप्लव सीले नेपालको राजनीति अर्थशास्त्र के हो, यो कस्तो हुनुपर्छ भन्ने बिषय निर्क्यौल हुन नसकेको भन्दै अर्थशास्त्रलाई केहि सिमित बुद्धिजीवीको हातमा छोडिदिने गरिएको बताए । उनले अघिल्लो पुस्ताले राजनीति संघर्ष गरेको तर आर्थिक पाटोमा ब्यबहारिकरूपमा सफल हुन नसकेको उल्लेख गर्दै देशको आत्मनिर्भरताको लागि कृषि र समृद्धिका लागि उद्योग भन्ने मान्यता सहित आफू अगाडि बढीरहेको बताए ।

महासचिव विप्लव सीले नेकपाले जनयुद्ध र त्यसपछिको माओवादी आन्दोलनमा देखिएको आर्थिक दृष्टिकोण सम्बन्धि समस्यालाई कसरी हल गर्ने भन्नेबारे अनुसन्धान गरि श्रम,उत्पादन,अनुसन्धान र संघर्षलाई सिद्धान्त र व्यबहारको रूपमा संलेषण गरेको बताए । उनले नेकपाले कुनै व्यक्ति विशेषको कुरा नगरेको भन्दै अमेरिका , युरोपदेखि दुनियाँमा जति पनि बिकास भएको छ त्यसको प्रमुख कारण श्रम नै भएको बताए।
उनले समय र श्रमको सहि प्रयोग गर्ने हो भने सबै मान्छे रमाएर बाँच्ने बनाउन सकिने र त्यसका लागि देश र समाज सुहाउँदो नेपाली विशेषताको ब्यबहारिक अर्थशास्त्र जरुरी रहेको बताए ।
