‘मिटरब्याज तथा लघुवित्तको ज्यादतीबिरुद्ध संघर्षमा उत्रौं’

२०८२ जेष्ठ ११ गते, शनिबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मधेश प्रदेश इन्चार्ज अनिल सीले मिटरब्याज तथा लघुवित्त पीडितको साथमा नेकपा रहेको बताउदै मिटरब्याज तथा लघुवित्तको ज्यादती बिरुद्ध संघर्षमा उत्रन आग्रह गरेका छन् । शुक्रबार सर्लाहीको बरहथवामा आयोजित मिटरव्याज तथा लघुवित्त पीडित संघर्ष समितिको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन्।
नेता अनिल सीले जनताका मुद्धा उठाएर समाधान गर्न जनता संगठित हुन जरुरी रहेको बताउदै पुँजीपती,दलाल र शुद्धखोरहरुको व्यवस्था रहँदासम्म सर्व साधारण नेपाली जनता सधैँ मिटरब्याज तथा लघुवित्त पीडित भई रहनु पर्ने बाध्यता अन्त्य नहुने बताए । उनले मिटरब्याज तथा लघुवित्त पिडकहरु घरखाली गराउन आउँदा लुरुक्क परेर नभाग्न बरु कडा प्रतिकार गर्न आग्रह गरे ।
यसैगरी , उक्त भेलामा उपस्थित विभिन्न क्षेत्रका संघर्षशील नेताहरूले आर्थिक अन्यायको विरुद्धमा जागरुकता,संगठन र प्रतिरोध निर्माणका विषयमा धारणा राखेका थिए ।
एकीकृत जनक्रान्तिको दृष्टिकोणमा आधारित सो भेलाले मिटरब्याज र लघुवित्तका नाममा भइरहेको आर्थिक शोषण विरुद्ध सशक्त जनआन्दोलनको आधार तयार गर्ने लक्ष्य लिएको नेपाल कम्युनिष्ट पार्टी सर्लाहीका इन्चार्ज कमल सुस्लिङले बताए । उनका अनुसार जिल्लाभरिका मिटरब्याज तथा लघुवित्तबाट पीडित समुदाय,श्रमिक,किसान, महिला तथा जनप्रगतिशील व्यक्तिहरूको सहभागीता रहेको थियो।

प्रतिक्रियाहरु

[anycomment]