नेकपाका प्रवक्ता प्रकाण्ड सी र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच भेटवार्ता

२०८२ जेष्ठ १२ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सी र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
उक्त भेटवार्तामा देशको वर्तमान अवस्था र बिकसित राजनीतिक घटनाक्रमका बिषयमा गम्भीर छलफल भएको बताइएको छ।
नेकपाका प्रवक्ता प्रकाण्ड सी र पूर्वप्रधानमन्त्री भट्टराईबीच भएको उक्त भेटवार्तामा देशको बिकराल अवस्थाले राष्ट्रको स्वाधिनता र जनाधिकारलाई खतरामा पारेको बिषयमा गम्भीर छलफल भएको बताइएको छ।
उक्त भेटवार्तामा दुई नेताबीच दलाल प्रवृति र त्यसको आत्मसमर्पणवादी चरित्रको कारण बिदेशी शक्तिको स्वार्थमा खतरनाक चलखेल भइ राखेको , देशको संकटग्रस्त अवस्थाले प्रतिगामी तत्वहरुले समेत लाज पचाउने अवस्था सृजना भएको र दलाल संसदीय व्यवस्थाको उपज प्रतिगामी चलखेल र अराजक गतिबिधि भइ रहेको बिषयमा समेत गम्भीर छफल भएको बताइएको छ।
यसैगरी, नेकपाका प्रवक्ता प्रकाण्ड सी र पूर्वप्रधानमन्त्री भट्टराईबीच भएको उक्त भेटवार्तामा देश र जनतालाई निराशावादले गाँजेका कारण युवा र बिद्यार्थीहरुको पलायनता डरलाग्दो ढंगले बढेको , आर्थिक संकटका कारण राज्यले कर्मचारीलाई समेत तलव खुवाउन नसक्ने अवस्था सृजना भएको बिषयमा समेत गम्भीर छलफल भएको बताइएको छ।
यसैगरी, दुई नेताबीच भएको उक्त भेटवार्तामा देश र जनतालाई संकटवाट मुक्त गर्न विद्यमान शासन र राज्य व्यवस्थाको नेतृत्वको परिवर्तन अनिबार्य भएको र अहिलेको बिश्व र नेपाली परिवेश अनुसारको देश र जनताको प्रतिनिधित्व गर्ने समाजवादी व्यवस्था निर्विकल्प भएको बिषयमा समेत छलफल भएको बताइएको छ।
यसैगरी, नेकपाका प्रवक्ता प्रकाण्ड सी र पूर्वप्रधानमन्त्री भट्टराईबीच भएको उक्त भेटवार्तामा माओवादीधार भित्रका इमान्दार र क्रान्तिकारीहरुको एकता राष्ट्रिय राजनीतिको आवश्यकता भएको र नेपालको कम्युनिस्ट आन्दोलनमा सुद्धिकरण र एकीकरण जरुरी भएको बिषयमा समेत गम्भीर छलफल भएको बताइएको छ।
यसैगरी, दुई नेताबीच भएको उक्त भेटवार्तामा नयाँ पुस्ताको नेतृत्वले मात्र देश र जनताको जीवनमा विद्यमान डरलाग्दा समस्याको समाधान र समाजवादी व्यवस्था स्थापना सम्भव हुने बिषयमा समेत गम्भीर छलफल भएको बताइएको छ।
यसैगरी, उक्त भेटवार्तामा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा नेपाल कम्युनिस्ट पार्टीको नयाँ बिचार र नयाँ प्रयोगप्रति आफु सकारात्मक र खुशी भएको बताएका थिए । उनले नेपालको कम्युनिस्ट आन्दोलनमा नेपाल कम्युनिस्ट पार्टीको तर्फवाट सो पार्टीका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले सोची रहेका र गरिरहेका कार्यमा आफ्नो पूर्ण सहयोग रहने बताउदै राष्ट्रिय राजनीतिमा नयाँ बहस गर्न र सहकार्यलाई अगाडि बढाउन आफु तयार रहेको समेत बताएका थिए।

प्रतिक्रियाहरु

[anycomment]