‘भिजिट भिसा घुसकाण्डमा संलग्न अपराधिक गिरोहलाई कारबाही गर’

२०८२ जेष्ठ १५ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले भिजिट भिसा घुसकाण्डमा संलग्न अपराधिक गिरोहलाई कारबाही गर्न जोडदार माग गरेको छ । सो पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले बुधबार एक बिज्ञप्ति जारी गर्दै भिजिट भिसा घुसकाण्डमा संलग्न अपराधिक गिरोहलाई कारबाही गर्न जोडदार माग गरेका हुन्।
प्रवक्ता प्रकाण्ड सीद्वारा जारी बिज्ञप्तिमा त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको अध्यागमन विभागमा देशभित्र आफ्नो भविश्य देख्न छोड्दै गएका युवा युवतीहरु रोजी रोटीको जोहो गर्न भिजिट भिसामा खाडी मुलुक र यूरोपियन देशहरुमा जान बाद्य्य बनाईएकाबाट हजारौँ र लाखौ रुपैया तिर्न विवस बनाई घटाईएको डरलाग्दो घुसखोरीजन्य काण्डमा देशको शान्ति सुरक्षाको जिम्मा लिएको गहृ प्रशासन नै सङ्लग्न घटनाले पार्टीको ध्यान गंभीर रुपमा आकर्षित भएको उल्लेख गर्दै उक्त घुसकाण्डमा संलग्न अपराधिक गिरोहको यथाशक्य छानविन गरी नेपाली जनता सामु तथ्यगत प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग जोडदार माग गरिएको छ ।
यसैगरी, प्रवक्ता प्रकाण्ड सीद्वारा जारी बिज्ञप्तिमा दलाल पूँजीवादी राज्य ब्यवस्था रहेसम्म राज्यका संचालक र महत्वपूर्ण निकायमा रहेका दलालहरुले देश र जनताका विरुद्ध घात नै गरिरहने र कुरा विषय सार्वजनिक हुने वा नहुने मात्र भएको उल्लेख गरिएको छ ।
उनले बिज्ञप्तिमार्फत दलाल राज्य ब्यवस्था र यसका संचालकहरुले गर्ने अविराम राष्ट्रघात र जनघातबाट सधैको निम्ति देश र जनतालाई मुक्त गर्न नेपाली जनताको प्रतिनिधित्व गर्ने समाजवादी राज्य ब्यवस्थामा देशलाई लिन ढिलो भै सकेको भन्दै यस महान, ऐतिहाँसिक र अनिवार्य कार्यका निम्ति तिव्रतामा तयार रहन आम नेपाली जनतामा हार्दिक अपिल समेत गरेका छन ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीद्वारा जारी बिज्ञप्ति यस प्रकार रहेको छ – ‘त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको अध्यागमन विभागमा देशभित्र आफ्नो भविश्य देख्न छोड्दै गएका युवा युवतीहरु रोजी रोटीको जोहो गर्न भिजिट भिसामा खाडी मुलुक र यूरोपियन देशहरुमा जान बाद्य्य बनाईएकाबाट हजारौँ र लाखौ रुपैया तिर्न विवस बनाई घटाईएको डरलाग्दो घुसखोरीजन्य काण्डमा देशको शान्ति सुरक्षाको जिम्मा लिएको गहृ प्रशासन नै सङ्लग्न घटनाले हाम्रो पार्टीको ध्यान गंभीर रुपमा आकर्षित भएको छ । देश र नेपाली जनताको अन्तर्राट्रिय जगत सामु बेईज्जती गर्ने र विदेश जाने नेपाली नागरिकहरुलाई रुवाएर घटाईएको राष्ट्रिय अपराधजन्य घुसकाण्डको हाम्रो पार्टी घोर निन्दा र भत्र्सना गर्दछ । घुसकाण्डमा संलग्न अपराधिक गिरोहको यथाशक्य छानविन गरी नेपाली जनता सामु तथ्यगत प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग हाम्रो पार्टी जोडदार माग गर्दछ ।
दलाल पूँजीवादी राज्य ब्यवस्था रहेसम्म राज्यका संचालक र महत्वपूर्ण निकायमा रहेका दलालहरुले देश र जनताका विरुद्ध घात नै गरिरहेका हुन्छन । कुरा विषय सार्वजनिक हुने वा नहुने मात्र हो । यसर्थ दलाल राज्य ब्यवस्था र यसका संचालकहरुले गर्ने अविराम राष्ट्रघात र जनघातबाट सधैको निम्ति देश र जनतालाई मुक्त गर्न नेपाली जनताको प्रतिनिधित्व गर्ने समाजवादी राज्य ब्यवस्थामा देशलाई लिन ढिलो भै सकेको छ । यस महान, ऐतिहाँसिक र अनिवार्य कार्यका निम्ति तिव्रतामा तयार रहन आम नेपाली जनतामा पार्टी हार्दिक अपिल गर्दछ ।’

प्रतिक्रियाहरु

[anycomment]