नेकपाका प्रवक्ता प्रकाण्ड सी र मसालका महामन्त्री मोहन बिक्रम सिंहबीच भेटवार्ता

२०८२ जेष्ठ १७ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सी र नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहन बिक्रम सिंहबीच बिहिबार भेटवार्ता वार्ता भएको छ।
उक्त भेटवार्तामा नेपालको कम्युनिस्ट आन्दोलन, वर्तमान राजनितिक परिस्थिति, प्रतिगमनको खतरा तथा राजावादी शक्तिहरुको चलखेल, विभिन्न साम्राज्यवादी शक्तिहरुको षड्यन्त्र र चलखेल, देशभित्र भएका दलाल पुजीवादी एबम सत्ताधारी ससदवादी शक्तिहरुले रास्ट्र र जनतामाथी लादेका भ्रस्टाचार, रास्ट्रघात र जनघात, सत्ता र आफ्नो कुर्सीका लागि बिदेशी साम्राज्यवादी शक्तिहरुसङ्ग गरेको सौदावाजी लगायतका विषयहरुमा गम्भीर छलफल भएको बताइएको छ ।
उक्त भेटवार्तामा नेपालको कम्युनिस्ट आन्दोलनमा देखिएका टुटफुट र बिभाजनका श्रङ्खलाहरुका बिषयमा छलफल हुनुका साथै क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु बीच विभिन्न कार्यनीतिक सवाल र मिल्न सक्ने बिषयहरुमा सहकार्य, कार्यगत एकता, संयुक्त मोर्चा एबम पार्टी एकता बारे समेत आवस्यक बिचार बिमर्श भएको बताइएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सी का अनुसार उक्त भेटवार्तामा वर्तमान अवस्थामा क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेताहरुले खेल्नुपर्ने भुमिकाको बारेमा छलफल भएको थियो ।
उक्त भेटवार्तामा नेपाल कम्युनिस्ट पार्टी (मसाल) का नेता आनन्द शर्मा सहभागी र नेकपाका पिबिएम तथा राजनीतिक सम्वाद एबम परिचालन समितिका सदस्य चिरन सीको समेत सहभागिता रहेको थियो ।
उक्त भेटवार्तामा नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहन बिक्रम सिंहले आफ्नो पुस्तक कमरेड जलजला नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीलाई उपहार स्वरुप प्रदान गरेका थिए।

प्रतिक्रियाहरु

[anycomment]