“समाजवादका लागी सामना सांस्कृतिक अभियान” भब्यरुपमा सम्पन्न

काठमाडौँ । सामना परिवारद्वारा सोमबार राष्ट्रिय नाचघर जमलमा आयोजित ‘हामी गाइरहन्छौं क्रान्तिका गीत’ , समाजवादका लागी सामना सांस्कृतिक अभियान कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सामना परिवारले समाजवादका लागी सामना सांस्कृतिक अभियान कार्यक्रम देशभर गर्दै आएको छ। सोहि क्रममा सामना परिवारले उक्त कार्यक्रम गरेको हो। उक्त कार्यक्रममा कलाकारहरुले जनावादी गितका साथै अपेरा प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सी, नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सी , पुर्वप्रधानमंत्री एवं नेता नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल , नेकपा मसालका महामन्त्री मोहन विक्रम सिहं, पुर्व सभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्ण बहादुर महरा, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव,नेकपा (एकिकृत समाजवादी)का महासचिव घनश्याम भुसाल,नेसपा (नयां शक्ति)को नेतृ एबम् पुर्व मन्त्री हिसीला यमी, लुम्विनी प्रदेशका पुर्व मुख्यमन्त्रि कुल वहादुर केसी (सोनाम),नेसपाका महासचिव रमेश यादव , नेपाल समाजवादी पार्टी (नयां शक्ति)का नेता भक्त बहादुर शाह, नेकपाका नेता कृष्णहरी भट्टलगायतका नेता तथा कार्यकर्ता र जनसमुदायको उल्लेख्य उपस्थित रहेको थियो ।
