नेकपाका शिर्षथ नेताद्वारा राजनीतिक भेटलाई तिब्रता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका शिर्षथ नेताहरुले देशको वर्तमान राजनीतिक बिषयलाई मध्यनजर गर्दै राजनीतिक भेटलाई तिब्रता दिएका छन् । यसैक्रममा नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सी र नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले शुक्रबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहन बिक्रम सिंहसंग भेटवार्ता गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सी र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच भएको भेटवार्तामा माओवादी आन्दोलन र यसको क्रान्तिकारी एकिकरणको बिषयमा गम्भीर छलफल भएको बताइएको छ। उक्त भेटवार्तामा देशको वर्तमान समस्याको समाजवादी नयाँ समाधानको बिषयमा छलफल हुनुको साथै बैचारिक बिकास र बैकल्पिक नेतृत्व प्रदान गर्ने बिषयमा गम्भीर छलफल भएको बताइएको छ।
यसैगरी , उक्त भेटवार्तामा साम्राज्यवादी षड्यन्त्र र दलाल पुँजीवाद एबम् सामन्तवादले देशलाई जर्जर अवस्थामा पुर्याएको बिषयमा छलफल हुनुको साथै अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलनलगायतको बिषयमा गम्भीर छलफल भएको बताइएको छ।
यसैगरी , उक्त भेटवार्तामा दुई पार्टीबीच सहकार्य र सहयोग आदान-प्रदान गर्ने सहमति समेत भएको बताइएको छ।

यसैगरी, नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सी र नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सी र नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहन बिक्रम सिंहबीचको भेटवार्तामा नेपालको कम्युनिस्ट आन्दोलनमा देखिएका टुटफुट र बिभाजनका श्रङ्खलाहरुका बिषयमा छलफल हुनुका साथै कम्युनिस्ट क्रान्तिकारीहरुको एकता ,संयुक्त मोर्चा र सहकार्यको बिषयमा गम्भीर छलफल भएको बताइएको छ।
दुई पार्टीबीचका शिर्षथ नेताहरु बीच भएको उक्त भेटवार्तामा देशको संकटपूर्ण अवस्था र यसको निकासका निम्ति साझा कार्यक्रम र साझा प्रयास अगाडि बढाउने सहमति भएको बताइएको छ।
यसैगरी , उक्त भेटवार्तामा पछिल्लो समय विश्वमा चलिरहेको साम्राज्यवादी युद्ध र त्यसको प्रतिवादको बिषयमा समेत गम्भीर छलफल भएको बताइएको छ।
यसैगरी , उक्त भेटवार्तामा दुई पार्टीबीच बैचारिक छलफल र बहसलाई अगडी बढाउने सहमति समेत भएको बताइएको छ।

देशको राजनीति दिन दुईगुणा रात चौगुणा गर्दै संकटग्रस्त बन्दै गइ रहेको अवस्थामा नेपाल कम्युनिस्ट पार्टीका शिर्षथ नेताहरुले राजनीतिक भेटलाई तिब्रता दिनु सकारात्मक र आशावादी हुन् पुगेको छ। यसले नेपाल कम्युनिस्ट पार्टी देश र जनताप्रति जिम्मेवार बन्दै वर्तमान राजनीतिक संकटको समाजवादी निकास दिने बाटोमा अगाडि बढेको देखिन्छ। नेकपाको यस महान कार्यमा क्रान्तिकारी पार्टी , नेता र आम स्वाभिमानी जनताले साथ र सहयोग गर्नु अपरिहार्य रहेको छ।