‘नेपाल कम्युनिस्ट पार्टी दलाल संसदीय पार्टी होइन’

२०८२ असार १२ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले नेपाल कम्युनिस्ट पार्टी दलाल संसदीय पार्टी नभएको ठोकुवा गर्दै नेपाल कम्युनिस्ट पार्टी देश र जनताको पहरेदार पार्टी भएको बताएका छन्। हालै टिभी टुडेका नवराज धानुकले चक्रब्यूह कार्यक्रममा लिएको अन्तर्वार्तामा प्रवक्ता प्रकाण्ड सीले सो कुरा बताएका हुन्।
अन्तर्वार्तामा प्रवक्ता प्रकाण्ड सीले ०८४ मा हुने चुनाबलाई पार्टीले एकीकृत जनक्रान्ति र आन्दोलनको एउटा मोर्चाको रुपमा सामना गर्ने बताए। उनले नेपाली जनता र देशको बस्तुस्थितिले अहिलेको शासन प्रणाली र नेतृत्वको बिकल्प खोजेको ठोकुवा गर्दै त्यसको बिकल्प दिन नेकपाले ०८४ मा हुने चुनाबको सामना गर्न लागेको बताए।
प्रवक्ता प्रकाण्ड सीले यतिबेला देश र जनताले इतिहास कै कष्टसाध्य जीवन बिताउनु परेको ठोकुवा गर्दै राष्ट्रिय स्वाधिनता र सार्बभौमिकता माथि इतिहास मै नभएको खतरा बढेको बताए। उनले देशको अस्तित्व रहन्छ कि रहदैन भन्ने स्थिति सृजना भएको ठोकुवा गर्दै देश र जनताले यो संकट र कष्टसाध्य जीवनवाट उन्मुक्ति पाइन्छ कि पाइंदैन भन्ने राष्ट्रिय प्रश्न बनेको बताए।
प्रवक्ता प्रकाण्ड सीले नेपाल कम्युनिस्ट पार्टी देश र जनताको प्रतिनिधित्व गर्ने पार्टी भएको ठोकुवा गर्दै राष्ट्र र जनतामाथि आएको यो बिपत्तिवाट मुक्त गर्ने जिम्मेवारी नेपाल कम्युनिस्ट पार्टीको काँधमा आएको बताए। उनले यसको निम्ति पार्टी क्रियाशील भएर अगाडि बढी रहेको समेत बताए। उनले राष्ट्र र जनताप्रतिको यहि जिम्मेवारी बोध गर्दै नेकपाले राजनीतिक भेटलाई तीब्रता दिएको बताए।
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले संघीय लोकतान्त्रिक गणतन्त्रले देश र जनतालाई संकटवाट मुक्त पार्न नसकेको तथ्य प्रस्तुत गर्दै वर्तमान शासन प्रणाली र यसका नेतृत्वको परिवर्तन अपरिहार्य भएको बताए। उनले राज्यले नै दलाल पुँजीपति , भ्रष्ट नेता , कमिशनखोर र मानबतस्करहरुको संरक्षण गरि रहेको तथ्य उल्लेख गर्दै वर्तमान व्यवस्था र नेतृत्व दुवै असफल सावित भै सकेको ठोकुवा गरे।
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले आगामी ०८४ को चुनाववाट नेकपाको नेतृत्वमा सरकार बनाउने अवसर प्राप्त भएमा राष्ट्रघात र जनघात तत्काल रोक्ने उद्घोष गरे। उनले जनताले अभिमत दिए देश र जनतामाथि अपराध गर्ने मान्छेहरुलाई जेलको चिसो छिडीमा पठाउने दृढता समेत ब्यक्त गरे।

प्रतिक्रियाहरु

[anycomment]