देशलाई स्वाधीन र जनतालाई स्वाभिमानी बनाउन आत्मनिर्भर अर्थतन्त्र अनिबार्य

२०८२ असार १५ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले देशलाई स्वाधीन र नेपाली जनतालाई स्वाभिमानी बनाउनको निम्ति आत्मनिर्भर अर्थतन्त्र अनिबार्य भएको ठोकुवा गरेका छन्। असार १५ गते धान दिवसको अवसरमा शुभकामना दिंदै सो कुरा बताएका हुन् ।


यसैगरी, सो पार्टीद्वारा असार १५ गते धान दिवसको अवसरमा चितवन १६ ज्योति नगरमा आयोजित धान रोपाई कार्यक्रमको उद्घाटन गर्दै प्रवक्ता प्रकाण्ड सीले पार्टीको एकीकृत स्वामित्वको सिद्धान्त अन्तर्गत पार्टीको केन्द्रिय नीतिको प्रयोग गर्ने क्रममा बनाइएको योजनामा धान रोपाई सुरु गरिएको बताए। उनले एकीकृत जनक्रान्तिको एउटा महत्वपूर्ण र प्रभावकारी मोर्चाको रुपमा उत्पादनलाई अगाडि बढाईएको बताउदै देशलाई स्वाधीन र नेपाली जनतालाई स्वाभिमानी बनाउनको निम्ति आत्मनिर्भर अर्थतन्त्र अनिबार्य भएको ठोकुवा गरे।


उक्त धान रोपाई कार्यक्रमको उद्घाटन गर्दै प्रवक्ता प्रकाण्ड सीले आत्मनिर्भर अर्थतन्त्रबिना देश स्वाधीन र जनता स्वाभिमानी हुनै नसक्ने ठोकुवा गरे। उनले आत्मनिर्भरता बिना सम्वृद्धि असम्भव भएको बताउदै कृषि प्रधान देशलाई टाट उल्ट्याउने साम्राज्यवादी षड्यन्त्र र दलाल पुँजीवादी हर्कतका बिरुद्धको प्रभावशाली मोर्चा भनेको उत्पादनको मोर्चा भएको बताउदै यसले आमपार्टी पङ्क्तिको आत्मविश्वास अभिवृद्धि गरेको र संघर्षशिल क्षमताको बिकास गरेको बताए।


यसैगरी, प्रवक्ता प्रकाण्ड सीले सिंगो पार्टी श्रममा सहभागी हुँदा राष्ट्रिय राजनीतिमा पार्टीको छबि र मनोबल धेरै उच्च भएको ठोकुवा गर्दै साम्राज्यवाद र दलाल पुँजीवादलाई रक्षात्मक बनाउने मोर्चाको रुपमा उत्पादन अभियान स्थापित भएको बताए। उनले नेपालको राजनीतिक आन्दोलनका इमान्दार नेता , कार्यकर्ता र आम नेपाली जनतालाई प्रभावित , आकर्षित र उद्देलित बनाएको बताउदै यसको नेतृत्व दृढता प्रभावकारीता र इच्छा शक्तिका साथ गर्न सिंगो पार्टी पक्तिलाई अपिल गरे। साथै नेपाली जनतालाई नेकपाको यस उत्पादन अभियानलाई साथ दिन , उत्पादन अभियानमा जोडिन समेत अपिल गरे।
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीको नेतृत्वमा भएको उक्त रोपाई कार्यक्रममा दुई बिगाह भन्दा बढी खेतमा धान रोपिएको बताइएको छ।

प्रतिक्रियाहरु

[anycomment]