समाजवादी मोर्चाले जनसङ्घर्ष चर्काउने

२०८२ श्रावण १४ गते, मंगलवार

काठमाडौँ । समाजवादी मोर्चाले जनसङ्घर्ष चर्काउने निर्णय गरेको छ । मंगलबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको हो।
उक्त बैठकको निर्णय सुनाउदै नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले देशमा व्यापक निराशा र आक्रोश बढेकाले त्यसलाई सम्बोधन गर्ने गरी कार्यक्रम बनाउने निर्णय भएको बताउदै भदौको अन्ततिर देशव्यापी कार्यक्रम लिएर जाऔँ । देशैभरी जनसङ्घर्ष र अन्तरक्रिया गरौँ भन्ने निर्णय भएको जानकारी दिए। उनले भने – ‘हाम्रो सीमालाई निर्ममतापूर्वक सच्याउनुपर्छ । देश अप्रिय स्थितिमा पुगिरहेको छ । डरलाग्दो निराशावादमा गएको छ । समाजवादी मोर्चालाई अहिलेको वस्तुस्थितिमा समाजवादी दिशामा लैजानुपर्छ। अर्को देशलाई समाजवादी दिशामा लैजान अन्य पार्टी र समूहसँग छलफल र बहस गरी अगाडि बढाऊँ । फरक ढङ्गले विस्तार गर्दा तार्किक र व्यवहारिक रूपमा लैजाऔँ भन्ने निर्णय गर्‍यो ।’
नेता प्रकाण्ड सीका अनुसार समाजवादी मोर्चाले पछिल्लो समय जनता र पार्टीका नेता कार्यकर्ताको अपेक्षा पूरा गर्ने कुरामा कमजोरी देखा परेको निष्कष निकालेको छ । उनले यसलाई सुदृढ गरेर अघि बढ्नेगरी छलफल भएको जानकारी दिदै भने- ‘मुलभूत रुपमा यस बीचमा मोर्चा सफल रह्यो भन्ने निष्कर्ष छ । तर यसका केही समस्या छन् । मोर्चाले जुन ढंगले गति लिनुपर्थ्यो । जनता र मोर्चामा सहभागी पार्टीका नेता र कार्यकर्ताका अपेक्षा, इमानदार नेता कार्यकर्ताको अपेक्षालाई सशक्त रुपमा परिपूर्ती गर्ने काममा केही सीमा रहे ।’
नेता प्रकाण्ड सीले पछिल्लो दिनमा मोर्चामाथि केही प्रश्न उठेको बताउदै भने- ‘जसका कारण पछिल्ला दिनमा अलिकति प्रश्न उठेका छन् । हाम्रा सीमाहरूलाई निर्ममतापूर्वक सच्याउनेतिर लानुपर्नेमा हामी पुगेका छौ। ’
यसैगरी, नेता प्रकाण्ड सीले समाजवादी मोर्चालाई अहिलेको वस्तस्थितिमा देशलाई समाजवादी व्यवस्थामा लाने तहसम्म आफूलाई सदृढ गर्नुपर्नेतिर सोचिएको बताउदै त्यसका लागि राजनीतिक र बौद्धिक क्षेत्रका व्यक्तिहरूसँग छलफल हुने जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु